काभ्रेपलाञ्चोकमा ५१३ उजुरी

काभ्रेपलाञ्चोकमा ५१३ उजुरी

कपन अनलाइन /बनेपा, १५ साउन ।

काभ्रेपलाञ्चोकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगमा अहिलेसम्म ५१३ जनाको उजुरी परेका छन् ।

स्थानीय शान्ति समिति, धुलिखेलका संयोजक टुल्कु लामाले बेपत्ता आयोगमा ४४ र सत्य निरुपण तथा मेलमिलाप आयोगमा ४६९ जानको उजुरी परेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– “हामीले म्याद थप गरेका छौँ, त्यसैले यो उजुरी जिल्लामा अझै बढ्न सक्छ । सत्य निरुपण तथा मेलमिलापको आयोगको म्याद भदौ २ गतेसम्म र बेपत्ता आयोगको म्याद साउन २६ गतेसम्म थप गरिएको छ ।”

परेका उजुरीमध्ये ३२ वटा उजुरी अज्ञात व्यक्तिद्वारा बेपत्ता बनाइएको र सात वटा उजुरी राज्य पक्षबाट बेपत्ता बनाइएको परेको संयोजक लामाले बताउनुभयो । दश वर्षे सशस्त्र द्वन्द्वको क्रममा जिल्लामा झन्डै ३०० जनाले राहत तथा क्षतिपूर्ति लिएका छन् । गत वैशाख २ गतेदेखि उजुरी लिन थालिएको थियो । रासस

तपाइँको प्रतिक्रिया ।