नगरपालिका भ्रष्टाचारको अाहाल !!!

नगरपालिका भ्रष्टाचारको अाहाल !!!

कपन अनलाइन, १२ साउन, २०७३/दृष्टिकोण

balkumar nepal

-बालकुमार नेपाल

बुढानिलकण्ठ नगरपालिकाको कार्यालय गोल्फुटारमा छ । अख्तियार दुरुपयोग अनुसन्धान  आयोगको   कार्यलय टंगालमा छ ।  यी कार्यलयको दुरी   मात्र नजिक होइन कामको हिसावमा पनि नजिक छ । कारण यस नगरपालिकामा मौलाउँदो भ्रष्टाचार हो । अख्तियारले बेरोजगार बस्नु  परेको बेला बुढानिलकण्ठ नगरपलिकालाई सम्झे पुग्छ । अख्तियारका कर्मचारी हत्कडी लिएर नगपालिका अगाडि उभिने हो  भने दिनको एउटा भ्रष्टाचारी  नगपालिकाबाट समातिन बेर लाग्दैन ।

नगरपालिका बनेको २ वर्ष पनि नपुग्दै अनि खासै चासो नदिँदा पनि अहिले सम्म यस नगरपालिकाबाट भ्रष्टाचारको आरोपमा तीन कर्मचारीले अख्तियारको चिसो सिढीको हावा चाखी सकेका छन । यो रेकर्ड समान हैसियतका उपत्यकाका अन्य नगरपालिकाको तुलनामा माथिल्लो श्रेणीमा पर्दछ । एकातिर यस नगरवासीहरू नगर भएपछि स्थानीय निकाय पहुँचभन्दा टाढा पुगेको गुनासोमा निर्लिप्त छन् भने नगरपालिका कार्यालय भने भ्रष्टाचारका विषयमा रेकर्ड राख्न व्यस्त छ ।

भन्नेहरूले त यति सम्म भन्छन् यो नगरपालिकामा भ्रष्टाचार नहुने विषय र पक्ष नै छैन । यो आर्थिक  बर्षमा भने लक्षित बर्गको बजेट गोजीमा लक्षिनहुन  पुगेका छन् । कारण  नक्कली बील भर्पाई बनाएर  आफ्नै  गोजि भरेको उदाहरण धेरै छन् । भ्रष्टाचारको चुलीमा बसेर बुढानिलकण्ठ नरपालिकाका कार्यकारी प्रमुख  विश्वराज मरसेनी    धुलिखेलको  कथा सुनाउदै दिन बिताउँछन् ।  यो त बुढानिलकण्ठ नागरपालिका हो भनेर कसैले सुनाए पछी   मात्र ए हो र भनेर झस्ककन्छन्  । उनी नगर  प्रमुख भएकै दिन यो नगरपालिकाकामा  भ्रष्टाचारेको राम्रो बोहनी भएको थियो । त्यसै दिन भ्रष्टाचारकको आरोपमा  एक कर्मचारी समातिए । मरासेनीजी त्यो कालो दिनमा बालबालले बच्न भ्याएका हुन् । नगरको हाकिम भएको अब त धेरै दिन भयो तर यी नगर प्रमुखलाई यो नगरपालिकाको चार  किल्ला समेत कण्ठ आउदैन । कसैले केही गुनासो गर्यो भने ठाडै खाइदिन्छन् । राजनीतिक दलहरूसँग भेटमा उनीहरूसँगै ठीक्क छन् व्यक्तिगत भेटमा तिनै राजनितिक दलहरूको गाली गर्न पछि पर्दैनन् । मरासैनीजी आफुलाई कसैले नराम्रो भनेको सुन्न पनि सक्दैनन् रे ।

बुनपा १२ को वडा कार्यालय सोही वडामा रहेको साहित्य समाजको भवनमा राख्ने निर्णय गरियो । लाखौँ रूपैँया लगानी गरेर तयार हुँदै गरेको सो कार्यालय निर्माणका लागि कुनै प्रकृया नै न अपनाई साहित्य समाजकै एक सदस्यलाई  ठेक्का दिइएको छ ।  यो विषयमा मरासैनीजीलाई फाइदा नै भएर त होला कुनै प्रकृया नगरी जुन संस्थाको भवन हो सोही संस्थाका एक सदस्यलाई सुटुक्क ठेक्का दिएको । यता सोही वडामा रहेको निर्माणाधिन भनेर बसेको ह्यान्डबल संघको भवन वरपरको बालुवा तह लगाउने भनेर मरासेनीजीको आदेशमा बालुवा बिक्री भएको विषय अहिले तातेको मात्र हैन पर्यो भने मात्तिनेसम्म विषय बनेको  छ यो । यस्ता धेरै उदाहरण छन्, आफू १२ नं वडावासी भएकोले १२ नं वडामा वर्षामा बाटो सफा गर्ने र गिट्टी हाल्ने नाममा बाटो झन् बिग्रियो तर एक टिपको २४ हजारको दरले २०औँ टिपको बिल नगरपालिकामा पुगेको कुरामा पनि भ्रष्टाचारको गन्ध आइरहेको छ ।

राजनीति दलहरु पनि  यो नगपालिकामा नुन  खाएको कुखुरा  जस्ता भएका छन् बा । यी राजनीतिक दलहरूका बुख्याँचा नेताहरू  चुनाव आएपछि  कस्ता नारा लिएर   जनतामाझ जाने हुन्न  त्यो भने हेर्न बाँकी नै छ । स्थानीय जनता पनि आफनो करमा  कर्मचारीको रजाई हुदाँ  पनि चुप  लागेर बसेका छन् ।  कसैलाई चासो छैन । मानौँ आफैले  तिरेको  रकम कर्मचारीको रजाइका   लागि हो  ।

(अन्पूर्ण राष्ट्रिय दैनिकमा  कार्यरतबालकुमार नेपाल बुनपा- १२ का स्थानीय वासी हुन् ।)

तपाइँको प्रतिक्रिया ।