गुम्बाले कमजोर पर्खाल लगाउँदा बुनपा १९ मा पहिरो गयो, ३ घर उच्च जोखिममा

गुम्बाले कमजोर पर्खाल लगाउँदा बुनपा १९ मा पहिरो गयो,  ३ घर उच्च जोखिममा

कपन अनलाइन, ११ साउन, २०७३

बुढानिलकण्ठ नगरपालिका वडा १९ पैयाँटारमा पहिरो खस्दा ३ घर जोखीम्ममा परेका छन् ।  लगातारको वर्षाका कारण पैयाँटारमा निर्माण गरिदै गरिएको नयाँ गुम्बाको पर्खालसहित खस्दा स्थानीयवासीका घर टहराहरु  उच्च जोखिममा परेका छन् ।

payatar pahiro (1)

गुम्बाको पर्खाल सहि तरिकाले नलगाइएको   भनि केहि दिन आगाडी  संयुक्त वडा कार्यालयमा निवेदन दिन पुगेका स्थानीयवासी हरुको  कुरा वडाले नसुनेपछि  गुम्बाले एकतर्फी ढंगले  पर्खाल लगाएको स्थानीय हरुको गुनासो छ ।  हिजो  पहिरो  खस्न् लागेपछि स्थानीय महिलाहरुको समुह  गुम्बा संचालकसँग  कुरागर्न जादाँ  दुर्व्यवहार  गरेको गुनासो  एक महिलाले कपन अनलाइनलाई गरिन् ।

payatar pahiro (2)

स्थानीयवासीले पटक पटक गुनासो  गरेपछि तर्सिएको गुम्बासंचालकहरु  भने आफुहरुलाई  स्थानीय  बसीहरुबाट सुरक्षा प्रदान गरिदिन  कपन प्रहरीलाई निवेदन दिएको थियो । निवेदन माथि छलफल गर्न् भन्दै कपन प्रहरीले  हिजो स्थानीयवासी र गुम्बा संचालकलाई  कपन प्रहरीमा बोलाइएको थियो  । त्यतिबेलै पहिरोखस्यो  भन्दै   कपन प्रहरीलाई  फोन आयो   । कपन प्रहरीको एक टोलि हिजो बेलुकी ८ बजे  घटना स्थल निरिक्षण  गरि फर्किएको छ भने आज नगरपालिका स्थानीय र प्रहरी मिलेर जोखिम निउनिकरण गरिने अपेक्षा गरिएको छ ।

13816758_1059706977410867_703817960_n

घर भित्र पसेको पहिरो

 

तपाइँको प्रतिक्रिया ।