पन्तको  असक्षमताका कारण पुनरावेदनबारमा एमाले वकिल दुई समूहमा

Raguji Asaxam

कपन अनलाइन, ७ साउन, २०७३

नेतृत्व   असक्षमताका कारण  एमाले  पुनरावेदन आदालत  ललितपुसरमा एमाले निकट कानुन ब्यबसायीहरु बाँडिएका छन् । उनीहरु भोलि हुने निर्वाचनमा दुई अलग अलग समूह बनाएर मैदानमा उत्रिएका छन् । उत्रिएका मध्य अधिबक्ता शान्त्तिराम खतिवडा समूह निकै अगाडि रहेको बताइको छ। खतिवडालाई एमाले निकट वरिष्ठ अधिबक्ताहरुको समर्थन रहेको छ । त्यसैगरी नेपाल ल क्याम्सका चार पूर्व सभापतिहरुले उन्नलाई औपचारिक रुपमा  समर्थन जनाएका छन्।

एमाले निकट काननु ब्यबसायीहरुको संगठन प्रगतिशील पेशागत कानुन व्यवसायी संघ (पिपिएलए) ले समेत खतिवडालाई समर्थन गरेको छ। उत्ता खतिवडासँग  अधिबक्ता टिकाराम  भट्टराई र रुद्र नेपालको ब्यक्तिगत लहडमा मेजर थापाको अलगै समूह बनाइको छ। यसमा पार्टीको तर्फबाट (पिपिएलए) ईन्चार्ज रहेका एमाले पोलिटब्युरो सदस्य  रघुजी पन्तको समेत साथ रहेको छ।

Panta

पन्त पार्टी भित्रको संगठन परिचालमा असफल नेता हुन।  उनी प्रचार बिभाग प्रमुख हुँदा यस्तै गलत निर्णय गर्दा प्रैस चौतारीका तर्फबाट उम्मेदवार भएकाहरुलाई पत्रकार महासंघमा परजित गराएको थिए। श्रमजिवी पत्रकारले शिव गाँउलेलाई सभापतिमा उमेद्द्वारी  दिनु पर्ने माग गर्दा गर्दै ब्यक्तिगत लहडका आधारमा महेन्द्र बिष्टलाई उमेद्द्वार बनाएका थिए। पन्तका  आधाकारिक उम्मेदवार मानिएका बिष्टले दुई सय भोट पनि कटाउन सकेनन। गाउँलेले तीनसय २० भोट ल्याएका थिए। आधिकारिक भनिएका भन्दा बागीले  बढि भोट ल्याएपछि पन्तको  क्षेमतामा त्यही प्रश्न उठेको थियो। पुनरावेदन बारमा पनि अहिले यहि घटना दोहरिने भएको छ।  पन्तनका उम्म्मेदवार मानिएका मेजर थापाभन्दा खतिवडा करिव तीनसय बढि भोट ल्याएर जित्ने पुनरावेदनका कानुन ब्यबसायीहरुले अनुमान गरेका छन।

Khatioda

खतिवडाको प्यानलबाट उपाध्यक्षमा धनबहादुर श्रेष्ठ, सचिव यशोदादेवी खरेल, सहसचिव सरस्वती शाह छन् । त्यस्तै कोषाध्यक्षमा राजु चापाईं र महिला सदस्यमा आरती श्रेष्ठ र रमिता महर्जन उठेका छन् ।

सदस्यका अन्य उम्मेदवारमा सरोज गिरी, मुकुन्द अधिकारी, अर्जुनप्रसाद घिमिरे, हरिचन्द्र तिम्सिना, राजकुमार राना मगर, पुन्यप्रसाद पाण्डे, शुभाषचन्द्र झा, जीवनकुमार पोखरेल, धिरेन्द्रकुमार शाह, मानकुमार श्रेष्ठ, भक्तिराम घिमिरे र दिलकुमार कार्की छन् ।

शान्तिराम खतिवडा प्यानलले नवराज थपलियाको संयोजकत्वमा पाँच सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । थपलिया पुनरावेदन बार कमिटी पिपिएलएका सचिव हुन् ।

Thapa pyanl

अर्कोतिर एमालेकै मेजर थापा पक्षले आफ्नो प्यानल खडा गरेको छ । थापा प्यानलको उपाध्यक्षमा सेवन्तराज निरौला, सचिव ताराकुमार श्रेष्ठ, सहसचिव सिर्जना कँडेल र कोषाध्यक्ष गणेश दाहाल छन् ।

सदस्यमा योगिता राई, कविता कार्की, सिराताम राउत लगायत छन् । थापा पक्षको चुनाव परिचालन कमिटीको संयोजक सानुराजा पोखरेल छन् । निर्वाचनमा कांग्रेस निकटबाट राजकुमार निरौला अध्यक्ष उठेका छन् भने माओवादीबाट नरबहादुर भुजेल छन् ।

सदस्य र अन्य पदमा मिश्रित परिणाम आउने तर जो जिते पनि एमाले निकटकै वकिलले जित्ने देखिएको छ । पुनरावेदन बारमा दुई तिहाई सदस्य एमाले निकट छन् । साउन ८ गते हुने पुनरावेदन बार पाटनको मतदानमा करिब २ हजार ५ सय मतदाता सहभागी छन् ।

तपाइँको प्रतिक्रिया ।