गणतन्त्रवादी नेता सिंहको अन्त्येष्टि राजकीय सम्मानसाथ हुने

काठमाडौं, २७ भदौ : गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको अन्त्यष्टिमा सरकारले राजकीय सम्मान दिने भएको छ । सिंहले राष्ट्रका लागि ठूलो योगदान पु¥याएको निस्कर्ष सहित बिहान बसेको मन्त्रिपरिषद्को बैठकले उहाँको अन्त्यष्टिमा राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ । आज पशुपति आर्यघाटमा अन्त्यष्टि गर्दा प्रहरीको एक टोलीले सलामी सहित सम्मान दिनेछ ।

त्यस्तै सरकारले गणतन्त्रवादी नेता सिंहलाई राष्ट्रिय गौरबको व्यक्ति घोषणा गर्न राष्ट्रपति डाक्टर रामवरण यादव समक्ष सिफारिस गरेको छ । बैठकले सिंहको निधनले नेपाललाई अपुरणीय क्षति पुगेको भन्दै उहाँप्रति श्रद्धाञ्जली प्रकट गरेको छ । सिंहको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गर्न तथा भोलि सरकारी कार्यालय र विदेशमा रहेका कुटनीतिक कार्यालयमा झण्डा आधा झुकाउन सम्बन्धि निकायलाई निर्देशन दिएको सञ्चारमन्त्री राजकिशोर यादवले जानकारी दिनुभयो ।

अन्तिम श्रद्धाञ्जलीका लागि सिंहको पार्थिव शरीर दिउँसो ३ बजेसम्म दशरथ रंगशालामा राखिने र पाँचबजेदेखि शवयात्रा सुरु गरिने प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको छ ।

तपाइँको प्रतिक्रिया ।