एमाले सिपा-३ सम्पर्क मंचको प्रशिक्षण कार्यक्रम सम्पन्न

कपन अनलाइन, २६ असार, २०७३

नेकपा एमाले सिन्धुपाल्चोक काठमाडौ ३ नम्बर क्षेत्रीय सम्पर्क मन्चले शनिबार क्षेत्रीय स्तरको बिषयगत प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ।

13625083_1000816043360378_1207383673_n३ नं क्षेत्रीय सम्पर्क मन्चका अध्यक्ष सुरेन्द्र ढकालले अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि  नेकपा एमाले का केन्द्रीय सदस्य टंक कार्की कार्की थिए । कार्यक्रममा ३ वटा बिषयमा ३ जना प्रशिक्षकहरुले  प्रशिक्षण दिएका थिए । प्रशिक्षक हस्त पण्डितले संगठन निर्माण तथा परिचालन, प्रशिक्षक  सांसद शेर बहादुर तामाङले समसामयिक राजनीति र  एमाले नेतृत्व सरकारले ल्याएको नयाँ बजेट एवम् पुन:निर्माण बिषय प्रशिक्षण दिएका थिए । प्रमुख अतिथि बनेका  टंक कार्किले जबज र आगामी कार्यभार बिषयमा कार्यकर्ता लाई प्रशिक्षित गराएका थिए ।

कार्यक्रम  अध्यक्ष सुरेन्द्र ढकालले प्रशिक्षण कार्यक्रमले कार्यकर्ता पंक्ति प्रशिक्षित हुँदा पार्टी बिपक्षीभन्दा सबल हुने बिश्वास ब्यक्त गरे । प्रशिक्षण कार्यक्रममा सहभागीहरुले पार्टीमा बढ्दै गएको गुटबन्दीले निराशा बढ्दै गएको अवस्थामा ३ नम्बर क्षेत्रीय सम्पर्क मंचले सबै पक्ष लाई समेटेर कार्यक्रम गरेको बताए । उनीहरुले भूगोल जिल्ला कमिटी र त्यस मातहत कमिटीहरु र सम्पर्क मंच जिल्ला कमिटी र अन्य कमिटीहरुले ३ नम्बर सम्पर्क मंचबाट केही सिक्नु पर्ने धारणा ब्यक्त गरे ।

तपाइँको प्रतिक्रिया ।