नेपाली क्रिकेटरको स्वागतमा विमानस्थल भरिभराउ (फोटो फिचर)

२६ भदौ, काठमाण्डौ ।
अमेरिकालाई पराजित गर्दै विश्वकप क्रिकेटको महत्वपुर्ण खुट्किलो उक्लन सफल किर्तिमानी नेपाली राष्ट्रिय क्रिकेट टोलिको त्रिभुवन बिमानस्थलमा अहिलेसम्मकै भव्य स्वागत गरिएको छ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन ४ को विजेता नेपाली टोली तेस्रो डिभिजन यात्रा तय गर्दै स्वदेश फर्किएको हो ।

सवा ११ बजे बिमानस्थल ओर्लिएको नेपाली टोलीको स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खेल पदाधिकारी तथा क्रिकेटका समर्थकहरुको भिड लागेको थियो । बिमानस्थल परिसरमा मान्छेको भिड भएपछि प्रहरीले बिमानस्थल मुल गेटमानै स्वागतका लागि पुगेकाहरुलाई रोक्नुपरेको थियो ।

बिमानस्थल मुल गेटदेखिनै स्वागतका लागी लाम लागेका हजारौं क्रिकेट समर्थकहरुले नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक सफलता दिलाएको टोलीलाई बाजागाजा सहित फुलमाला र खादा पहिरिएर स्वागत गरेका थिए ।

विमानस्थलमा देखिएका केही दृश्यहरु

तपाइँको प्रतिक्रिया ।