कपनमा नेपाली कांग्रेशको क्षेत्रीय सम्मेलन हुने

“कांग्रेश सभापति सुशिल कोइराला प्रमुख अतिथि रहनेछन् भने महामन्त्री द्वय प्रकाशमान सिंह तथा कृष्णप्रसाद सिटौला  विशेष अतिथिको रुपमा आउने


नेपाली कांग्रेश क्षेत्र नं. ४ ले आफ्नो प्रथम क्षेत्रीय सम्मेलन कपनमा गर्ने भएको छ । असोज महिनाको १३ गते आयोजना गरिने यो सम्मेलनमा क्षेत्र नं. ४ अन्तर्गत   महानगर पालिकाका १, ७, ८, ३३ तथा  गाविसहरु कपन, चुनिखेल, महांकाल र चपलीका ९० सदस्यीय क्षेत्रीय प्रतिनिधिको सहभागिता रहनेछ । यस सम्मेलनले विगतको कामको समिक्षा साथै नयाँ कार्ययोजनाको अनुमोदन गर्नेछ । दुई भागमा  विभाजित कार्यक्रमको पहिलो सत्रमा उद्घाटन हुनेछ । कांग्रेश सभापति सुशिल कोइराला प्रमुख अतिथि रहनेछन् भने महामन्त्री द्वय प्रकाशमान सिंह तथा कृष्णप्रसाद सिटौला  विशेष अतिथिको रुपमा आउने जानकारी ने.का. क्षेत्र नं. ४ का सचिव श्यामकृष्ण संगतले कपन अनलाइनलाइृ बताए ।

कपन वडा नं. ३ मा रहेको बाल उद्धार उच्च मावि परिसर हुने यस कार्यक्रममा युवा नेता गगन थापाले पनि बोल्ने कार्यक्रम रहेको छ । ने. का. क्षेत्र नं. ४ का उपसभापति केशव ढकालका अनुसार उद्घान सत्रलाई विशेष बनाउन विभिन्न उपसमितिहरु बनाई तयारीहरु भैरहेका छन् ।

 

तपाइँको प्रतिक्रिया ।