पेश्कि फर्स्यौट नगर्नेहरूप्रति बुनपाका कार्यकारीले मुख खोले

पेश्कि फर्स्यौट नगर्नेहरूप्रति बुनपाका कार्यकारीले मुख खोले

कपन अनलाइन, १४  असार, २०७३

हाल बुढानिलकण्ठ नगरपालिकामा समाहित साविक ६ वटा गाविसमा गाविस रहँदा योजनाका लागि रकम लगेर पेश्कि  फर्स्यौट नगर्नेहरूमाथि नगरपालिकाले कारबाही शुरु गर्ने भएको छ । पूर्व गाविसबाट १ करोड ६ लाख रकमको पेश्कि फर्स्यौट हुन नसकेकोले उनीहरू बिरुद्ध बिभिन्न स्वरुपको कार्बाहीको प्रकृया तयार हुँदै गरेको बुनपा कार्यकारी अधिकृत विश्वराज मरासैनीले कपन अनलाइनलाई बताएका छन् । बुनपाका राजनीतिक दलका प्रतिनिधिहरूले पेश्कि फर्स्यौट गर्ने प्रकृया अगाडि बढाउनु पर्ने बताएका छन् । बुनपामा एमाले प्रतिनिधि बिदुर खड्का तथा राप्रपा नेपालका श्याम केसीले पेश्की फर्स्यौटको  प्रकृया अगाडि बढाउनु  पर्ने बताए । बुनपा कार्यकारी अधिकृत विश्वराज मरासैनीले के भने भिडियो हेर्नु होला ।

 

तपाइँको प्रतिक्रिया ।