कपन प्रहरीले पिट्दा विष्णुको कानको जाली फुट्यो

कपन प्रहरीले पिट्दा विष्णुको कानको जाली फुट्यो

img_2276

कपन अनलाइन, असार ८, २०७३

कपन प्रहरी प्रभागका प्रहरीको कुटाइबाट आज एक जनाको कानको जाली फुटेको छ । स्थानीय कृष्ण चौलागाईको ट्रकले परमिट नलिएको भन्ने विषयमा ट्रकलाई प्रहरीले समाते पछि भएको सामान्य विवादमा कृष्णका साला पर्ने विष्णु घोरासैनीलाई कपन प्रहरी प्रभागका प्रहरीले कुटपिट गर्दा कानको जाली फुटेको हो । विष्णुको कानको जाली फुटेको कपन अस्पतालले पुष्टी गरेको एमाले क्षेत्रीय सचिव ध्रुवराज न्यौपानेले कपन अनलाइनलाई बाताए । विष्णुको कानको उपचार गर्न भोलि टिचिङ अस्पाताल लैजान लागेको पनि न्यौपानेले बताए । कुटपिट गर्नु पर्ने कुरै नहुँदा  प्रहरीले गुण्डागर्दी तरिकाले हातपात गर्दा विष्णुको कानको जाली फुट्न गएको विषय गम्भीर भएको एमाले क्षेत्रीय सचिव न्यौपानेले बताए । कपन प्रहरी प्रभागका प्रमुख फणिन्द्र रानाभाट बिदामा बसेकोले नायब निरीक्षक श्यामलाल श्रेष्ठ प्रभागका निमित्त प्रमुख छन् ।

तपाइँको प्रतिक्रिया ।