राजु श्रेष्ठद्वारा बुनपा-११ का ७५ जनालाई नेका पार्टी सदस्यता प्रदान, तरुण दल गठन

राजु श्रेष्ठद्वारा बुनपा-११ का ७५ जनालाई नेका पार्टी सदस्यता प्रदान, तरुण दल गठन

IMG_0102

कपन अनलाइन, असार ६, २०७३

४ महिना अघि भएको क्षेत्रीय अधिवेशनबाट राजु श्रेष्ठ काठमाडौँ क्षेत्र नं ४ को सभापति भएपछि सांगठनिक कृयाकलापमा व्यस्त छन् । हरेक हप्ता कुनै न कुनै सांगठनिक भेला निरन्तर भैरहेको छ । यसैबीच यस क्षेत्रअन्तर्गत पर्ने बुनपा ११ का करिव ७५ जना युवा नेकामा बिधिवत प्रवेश गराउने काम भएको छ । बिभिन्न संघसंस्था तथा सामाजिक क्षेत्रमा सकृय ७५ जन युवाले हिजो एक औपचारिक कार्यक्रम आयोजना गरी नेपाली कांग्रेसको साधरण सदस्यता लिएका हुन् । नेका जिल्ला सभापति सबुज बानिया तथा क्षेत्रिय सभापति राजु श्रेष्ठले उनीहरूलाई सदस्यता प्रदान गर्दै पार्टी भित्र स्थान दिएका हुन् । बुनपा ११ का ईकाई सभापति शंकर आचार्यले आयोजना गरेको का्रयक्रममा बोल्दै क्षे्त्रीय सभापति श्रेष्ठले क्षेत्र नं ४ कांग्रेस  अब झन् बलियो भएको महशुस भएको बताए । उनले नेकाको राजनीतिमा सक्रीय हुन आएका  नयाँ युवाहरुलाई स्थान दिन आफु सदैव तत्पर रहेको बताए । सो कार्यक्रममा  युवाहरूसहित प्रौढहरूले पनि पार्टी सदस्यता लिएका थिए ।

सोही कार्यक्रममा अनिल वाइबाको नेतृत्वमा बुनपा ११ तरूण दल पनि गठन भएको छ । साथै सोही कार्यक्रममा तरूण दलको नया कमिटीलाई पनि बधाई तथा शुभकामना आदानप्रदान गरिएको थियो ।

IMG_0046 IMG_0067

तपाइँको प्रतिक्रिया ।