कपन पैयाँटारमा निशुल्क सेक्युरिटि तालिम शुरू

कपन पैयाँटारमा निशुल्क सेक्युरिटि तालिम शुरू

 कपन अनलाइन /३१ जेठ, काठमाडौं ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १९ कपन पैयाँटारमा रहेको यज्ञमति माविमा एक महिने निशुल्क सेक्युरिटि तालिम शुरू भएको छ । नेपाल सरकार व्यवसायिक सीप तथा तालिम विकास केन्द्र भैंसीपाटी ललितपुरको आर्थिक सहयोगमा नवदुर्गा सेक्युरिटि सर्भिस प्रालि गुहेश्वरीद्वारा सञ्चालित तालिममा देशका विभिन्न जिल्लाका १२ महिला र ६८ पुरूषले जेठ २० गतेदेखि प्रत्येक दिन बिहान ६ बजेदेखि यो तालिम लिईरहेका छन् ।

13444467_1080454215326970_1898963370_n

तालिमको संयोजन भने कपन क्षेत्रकै चर्चित सामाजिक व्यक्तित्व एंव युवा नेता सुदर्शन केसीले गरेका छन् । नेपाल प्रहरी र नेपाली सेनाका अवकास प्राप्त कर्मचारीहरूद्वारा प्रदान गरिरहिएको तालिमका सहभागीहरूले सामाजिक कार्य अन्तर्गत २०७२ बैशाख १२ को भुकम्पले क्षति पुर्याएको यज्ञमति माविको भग्नावशेष हटाई चौर निर्माण पनि गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।