बाख्रापालक महासङ्घको महाधिवेशन

बाख्रापालक महासङ्घको महाधिवेशन

1465728692832_KG_Ktm_071611_DSC05107

 

कपन अनलाइन,काठमाडौँ, ३० जेठ 

पशुपक्षी विकास मन्त्रालयले बाख्रपालक किसानलाई संरक्षण गर्ने गरी नयाँ नीति ल्याउने भएको छ । नेपाल व्यावसायिक बाख्रापालक महासङ्घको प्रथम राष्ट्रिय महाधिवेशनमा सरकारले सम्बन्धित किसानलाई संरक्षण गर्र्ने नीति ल्याउने जानकारी गराइएको हो । मुुलुक मासु तथा दूधजन्य वस्तुमा आत्मनिर्भर हुननसक्दा ठूलो धनराशी बाहिरिएकामा सहभागी वक्ताले चिन्ता व्यक्त गरेका छन् ।

पशुपक्षी विकास मन्त्री शान्ता मानवीले महाधिवेशनको उद्घाटन गर्दै अब मुलुकलाई समृद्धितर्फ लैजान युवा वर्गलाई व्यवसाय र उत्पादनमा जोडनुपर्नेमा जोड दिनुभयो । उहाँले बाख्रापालनबाट मासु, मललाई व्यावसायिक रुपमा उत्पादन गर्न सकेमा यस क्षेत्रबाट आर्थिक लाभको राम्रो सम्भावना रहेको बताउँदै सम्बन्धित किसानलाई आवश्यक सहयोग मन्त्रालयले उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । पशुपक्षी विकास राज्यमन्त्री नरदेवी पुनले प्रतिवर्ष रु १० अर्ब भन्दा बढी रकम पशुजन्य वस्तुको आयातमा बाहिरिने गरेको जानकारी दिँदै यस क्षेत्रमा महिला र युवालाई आकर्षित गर्नुपर्नेमा जोड दिनुभयो ।

सोही मन्त्रालयका सचिव डा.कृष्णचन्द्र पौडेलले देशलाई अब तीन वर्षभित्र दूध, दुई वर्षमा मासु र एक वर्षमा अण्डामा निर्भर बनाइने योजना बताउँदै बाख्रापालक किसानले सम्बन्धित जिल्ला पशु कार्यालयबाट प्राविधिक सीप, ज्ञान प्राप्त गरी बाख्रालाई स्वदेशी घास तथा जडीबुटी खुवाउन सुझाव दिनुभयो । महासङ्घका अध्यक्ष शङ्करप्रसाद मैनालीले किसानलाई लगानीको अभाव रहेको बताउँदै सरकारले बाख्रापालक व्यावसायीलाई दिने आधारभूत सेवा तथा सहयोग एकद्वार प्रणालीबाट हुनपर्नेमा जोड दिनुभयो । महासङ्घको ४७ जिल्लामा सञ्जाल रहेको छ भने महाधिवेशनमा करिव १२० प्रतिनिधिको सहभागिता रहेको छ ।

तपाइँको प्रतिक्रिया ।