भिसा बिना एकैदिनमा २७ जना उडे , तर एयरपोर्टमा रेकर्ड छैन् रे

२१ भदौ, काठमाण्डौं । मानव तस्करहरुले सेटिङ मिलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल (टिआइए) बाट एकै दिन एउटै उडानमा २७ जना व्यक्ति बिना भिसा विदेश पुर्‍याएको भेटिएको छ ।
उनीहरुलाई विमानसम्म पुर्‍याउन तस्करहरुलाई टिआइएस्थित अध्यागमनका कर्मचारीले सेटिङ मिलाएको खबर नागरिक दैनिकमा छ ।
जेठ ३१ गते कतार एयरवेजको ‘क्युआर ३५५’ फ्लाइटमा २७ नेपाली यसरी कतारको दोहा पुगेका थिए । अवैधानिक रुपमा जानेहरु अधिकांशले दोहाबाट अमेरिका पुग्ने सपना बोकेका थिए । दोहाबाट उनीहरु मध्ये केही ब्राजिलतर्फ मोडिएभने केही युरोप र कतारमै थन्किए । टिआइएबाट विदेश जाने र र्फकनेको जाँच तथा रेकर्ड राख्ने जिम्मेवारी पाएको अध्यागमनसँग यसरी जानेको कुनै तथ्यांक छैन् । अध्यागनका कर्मचारीले सेटिङमा जाने सवैको राहदानीमा डिपार्चर छाप लगाईदिएका छन् तर त्यससम्बन्धि सूचना कम्प्युटरमा राखेका छैनन् । अध्यागमनका कर्मचारीले सेटिङमा जाने २७ जनाको राहदानीमा हानिएको डिपास्र्चर स्टिकरको तथ्यांक पनि कम्प्युटरमा इन्ट्रि नगरेको पाईएको छ ।
तपाइँको प्रतिक्रिया ।