कागतीका ८०० बिरुवा वितरण
कपन अनलाइन, काँकडभिट्टा (झापा), १७ जेठ, २०७३
नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले जिल्लालाई कागतीमा आत्मनिर्भर बनाउने उद्देश्यले ८०० बिरुवा वितरण गरेको छ ।सहकारीको बुधबारेमा रहेको कार्यालयमा आज एक कार्यक्रमको आयोजना गरी आफ्ना सेयर सदस्यलाई सो बिरुवा वितरण गरेको हो । सहकारीले कागती रोपणसम्बन्धी अभियान नै सञ्चालन गरेर बिरुवा वितरण सुरु गरेको संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले बताउनुभयो ।
उहाँका अनुसार बुधबारेबाट सुरु गरिएको अभियान काँकडभिट्टा, इँटाभट्टा, चारआली, धुलाबारी, दूधे, शनिश्चरे, बाहुनडाँगी, चन्द्रगढी, शरणामती, बनियानी, बिर्तामोड, भद्रपुर, सुरुङ्गालगायतका शाखाबाट पनि वितरण गरिने छ । रासस
तपाइँको प्रतिक्रिया ।