चौतारीका विभिन्न शाखाबाट महाधिवेशनका लागि प्रतिनिधि चयन

चौतारीका विभिन्न शाखाबाट महाधिवेशनका लागि प्रतिनिधि चयन

Press Chautari Nepal official logo

कपन अनलाइन /काठमाडौँ, २०७३ / वैशाख २६ गते  ।

 प्रेस चौतारी प्रतिष्ठानको आसन्न आठौँ राष्ट्रिय महाधिवेशनका लागि विभिन्न जिल्ला र प्रतिष्ठान शाखाबाट प्रतिनिधि चयनको कार्य भइरहेको छ । हिजो शनिवार  देशभरका सबै शाखाको प्रतिनिधि चयनको अन्तिम दिनमा उपत्यका, प्रतिष्ठान र जिल्ला शाखाबाट प्रतिनिधि चयनको विवरण प्राप्त भइरहेको चौतारीका अध्यक्ष राजेन्द्र अर्यालले बताउनुभयो ।केन्द्रीय महाधिवेशन आउँदो जेठ ६,७ र ८ गते काठमाडौँमा हुँदैछ ।

हिजै  , नेपाल टेलिभिजन शाखाबाट देवी सापकोटा (अध्यक्ष), वसन्त रुपाखेती र निता सापकोटा, रेडियो एफएमबाट हरिबल्लभ नेपाल (अध्यक्ष), लक्ष्मी बस्नेत, दीपक धिताल, कालिका शिवाकोटी, गोविन्द खड्का, दीपेन्द्र खड्का, बलराम श्रेष्ठ, शिवशक्ति आचार्य, राजीव खत्री, दैनिक शाखाबाट धनबहादुर खड्का (अध्यक्ष), रञ्जित तामाङ, पूजा ढकाल र एमपी सुब्बा प्रतिनिधि चयन भएका छन् ।

चौतारीका सचिव रामकुमार एलन, प्रतिष्ठानका इञ्चार्ज तथा केन्द्रीय सदस्य सुरोजङग पाण्डे र प्रतिष्ठान अञ्चल अध्यक्ष प्रकाश सिलवालको उपस्थितिमा भएका अलगअलग भेला बैठकबाट ती प्रतिनिधि चयन हुनुभएको हो । यस्तै, निजी टेलिभिजन शाखाबाट तेजप्रसाद वाग्ले (अध्यक्ष), जीवनाथ शिवाकोटी, दशरथ राई, विमल नेपाल र रिया भण्डारी, अनलाइन शाखाबाट मोहन बस्तोला (अध्यक्ष), आशिष गुरागाईं, शरद शर्मा, सोभित थपलिया, यशोदा अधिकारी, विनु पोखरेल,  तुल्सी सुवेदी र नारायण पौडेल चयन हुनुभएको छ ।

गोरखापत्रबाट अजय शर्मा (अध्यक्ष), धातृप्रसाद सुवेदी, नगेन्द्र सापकोटा, सविता शर्मा, रेडियो नेपालबाट ध्रुव सापकोटा (अध्यक्ष), भुवन आचार्य र रत्नावली शर्मा चयन हुनुभएको छ । यसअघि, रासस शाखाबाट कृष्णराज गौतम (अध्यक्ष), श्याम रिमाल र कालिका खड्का छनोट भइसक्नुभएको छ । रासस 

तपाइँको प्रतिक्रिया ।