बारको मतगणना मङ्गलबार ९ बजे सुरु

बारको मतगणना मङ्गलबार ९ बजे सुरु

काठमाडौँ, २२ चैत । नेपाल बार एसोसिएसनको नयाँ कार्यसमितिको मतगणना मङ्गलबार बिहान ९ बजेदेखि सुरु हुने भएको छ ।

नयाँ कार्यसमितिका लागि शनिबार ३३ निर्वाचन केन्द्रबाट निर्वाचनको मतपेटिका काठमाडौँ सुरक्षित रुपमा आइपुगेको निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत हरिशङ्कर निरौलाले जानकारी दिनुभयो । निरौलाका अनुसार सर्वोच्च अदालतको परिसरमा आठ मतगणना केन्द्रको व्यवस्था गरिएको छ । मतगणना गर्न कम्तीमा चार पाँच दिन लाग्ने अनुमान गरिएको छ ।

पदाधिकारीसहित २५ सदस्यीय नयाँ कार्यसमितिका लागि ७१ जनाको उम्मेदवारी परेको थियो । मतदाता नौ हजार ५२२ मध्ये सात हजार ८४५ मत खसेको थियो । काठमाडौँ मतदान केन्द्रमा पाँच हजार ८६२ मतमध्ये चार हजार ५९२ मत खसेको थियो । बारको नयाँ नेतृत्वका लागि विशेषगरी प्रगतिशील र लोकतान्त्रिक समूहबीच प्रतिस्पर्धा भएको छ । प्रगतिशीलको नेतृत्व विजयकान्त मैनालीले र लोकतान्त्रिकको नेतृत्व शेरबहादुर केसीले गर्नुभएको छ । रासस

तपाइँको प्रतिक्रिया ।