इराकका प्रधानमन्त्रीद्वारा नयाँ मन्त्रीमण्डलको नामावली पेस

इराकका प्रधानमन्त्रीद्वारा नयाँ मन्त्रीमण्डलको नामावली पेस

बग्दाद, १९  चैत । इराकी प्रधानमन्त्री हैदर अल आबादीले बिहीबार संसदमा नयाँ मन्त्रीमण्डलको उम्मेदवारको सूची पेस गर्नुभएको छ ।

उहाँमाथि राजनीतिक सुधारको दबाब परेपछि सो सूची पेस गरिएको संसदका एक अधिकारीले सिन्ह्वा समाचार समितिलाई बताएका छन् ।

index

आबादीले संसदको सभामुखसँग भेटवार्ता गरी उहाँलाई १४ जना उम्मेदवार भएका नयाँ मन्त्रीमण्डलको सूची पेस गर्नुभएको हो ।

नामवली पेस गरिएका ती मन्त्रीमण्डलका सदस्यहरू आगामी १० दिनमा विश्वासको मत प्राप्त गर्नुपर्ने छ । रासस ÷सिन्ह्वा

तपाइँको प्रतिक्रिया ।