एमालेको क्षेत्र नं ४ मा कुसुम कार्कीको समूह विजयी, किन हार्यो ओली गुट ?

एमालेको क्षेत्र नं ४ मा कुसुम कार्कीको समूह विजयी, किन हार्यो ओली गुट ?

नेकपा एमालेको काठमाडौं क्षेत्र नं ४ को चैत १४ गते सम्पन्न दोस्रो अधिवेशनबाट कुसुमकुमार कार्की अध्यक्ष भएका छन् । आगामी ३ वर्षका लागि निर्वाचित महांकालका कार्कीलाई उपाध्यक्षका रुपमा कामनपा वडा नं ८ का विनोद रिमालले सहयोग गर्नेछन् भने संगठन हाँक्ने सारथीका रुपमा कपनका ध्रुवराज न्यौपानेले सचिवको कार्यभार समाल्नेछन् । त्यसैगरी उपसचिवमा चुनिखेलका श्रीकृष्ण श्रेष्ठ निर्वाचित भएका छन् ।

12910372_765181963616314_954381615_n

१४ गते राती सम्पन्न मतदानको मतगणना मतदान सम्पन्न भए लगत्तै सुरु  गरेतापनि १५ गते बिहान मात्र निर्वाचनको परिणाम सार्वजनिक भएको थियो । तत्कालीन अध्यक्ष कार्की र तत्कालीन सचिव टीका पराजुलीको नेतृत्व हत्याउने दौडमा पराजुलीलाई १९ मतले पछाडी पार्दै कार्की निर्वाचित भएका हुन् ।

यसअघि १३ गते चावहिलको गणेशस्थानमा सम्पन्न खुला सत्रका प्रमुख अतिथि एमाले महासचिव ईश्वर पोखरेलले प्रधानमन्त्री केपी ओलीको बाटोमा अबका प्रधानमन्त्रीहरु हिँड्ने दाबी गरेका थिए । एमाले सभासद् राजन भट्टराई, एमाले काठमाडौं अध्यक्ष कृष्ण राई लगायतले खुल्ला सभामा अधिवेशनको सफलताको शुभकामना दिएका थिए ।

क्षेत्र नं. ४ मा एमाले केन्द्रको चासो राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, काँग्रेसका चर्चित नेता गगन थापाको यो क्षेत्रको एमाले नेतृत्व कस्तो आउँछ भन्नेमा सबै दलहरुले चासोका साथ हेरेतापनि एमाले केन्द्रले विशेष चासो दिएको बन्दसत्रमा देखिएको उपस्थितिबाट प्रमाणित हुन्थ्यो । रातभरि लगाएर गरिएको मतदान र मतगणना कार्यको अन्तिम सम्म पनि केन्द्रका नेताहरुले कार्यक्रमस्थल छोडेनन् । सामान्यतया कुनैपनि कार्यक्रमममा ढीलो आएर चाँडो जाने नेताहरुले रातभर अनिदो रहेरै मतपरिणामप्रति चासो देखाइरहेका थिए ।

एमालेका केन्द्रीय नेताहरु सानु श्रेष्ठ, जीवनराम श्रेष्ठ, सुरेन्द्र मानन्थर, राजन भट्टराई, जिल्ला अध्यक्ष कृष्ण राई, जिल्ला कमिटीका प्रभावशाली नेताहरु रातभर कार्यक्रमस्थलमा देखिए । कुसुमको नेतृत्व, बालकोट मुखमा ढुंगा एमालेको ओली गुटको वर्चश्व रहेको क्षेत्र नं. ४ मा अध्यक्ष, सचिव र उपसचिव सहित बहुमत सदस्यमा माधव नेपालको समूह निर्वाचित भएपछि बालकोट तरङ्गित भएको छ।

राष्ट्रपतिका नजिकका मानिने जिल्ला सदस्य शिव भट्टराईलाई क्षेत्र नं. ४ मा इन्चार्जको जिम्मा दिएपछि आफ्नो हातबाट यो क्षेत्र नफुस्किने विश्वासमा रहेको ओली प्यानल १५ गते बिहान ४ बजेसम्म अध्यक्ष उम्किएपनि सचिव आफ्नो हातमा पर्ने विश्वासका साथ बिहान ६ बजेसम्म कार्यकर्ता माझ आशाको सञ्चार गरिरहेको थियो । सचिवका प्रत्याशी ध्रुवराज न्यौपाने र राजन पोखरेलको झिनो मतान्तरले पोखरेल विजयी हुनेमा काठमाडौं जिल्ला नेतृत्व विश्वस्त रहेपनि मतगणना सकिँदा ६ मतको अन्तरले न्यौपाने विजयी भएपछि उक्त समूह निराश भएको थियो ।

१५ गते बिहान ७ बजे कार्यक्रमस्थलबाट बाहिर निस्कँदा जिल्ला अध्यक्ष कृष्ण राई र जिल्लाका प्रभावशाली नेतृत्वहरु हतास मुद्रामा देखिन्थे । अब चाँडै जिल्ला अधिवेशन हुने भएकाले पनि ओली पक्ष बढी चिन्तित थियो । क्षेत्रीय अधिवेशनको मुखमा क्षेत्र नं. ४ का कार्यकर्तालाई शीतलनिवास बोलाएर अप्रत्यक्ष दवाव दिने रणनीति फेल भएका कारण शीतल निवास पनि चिन्तित रहेको अनुमान गरिएको छ ।

कसरी जित्यो नेपाल समूहले क्षेत्र नं. ४ मा

नेपाल समूहलाई सघाउने प्रभावशाली नेताहरु कोहीपनि बन्द सत्रमा थिएनन् ।बन्द सत्रमा उपस्थित जीवनराम श्रेष्ठ र सुरेन्द्र मानन्धर दुवै भूगोलमा पार्टी आन्तरिक राजनीतिका कारण उपत्यकामा सक्रिय भूमिकामा छैनन् । क्षेत्र नं. ४ का जिल्ला सदस्यहरुमध्ये मीठाराम अधिकारी कहिले ओली समूह त कहिले नेपाल समूहमा लाग्ने गरेका कारण उनको भूमिकाप्रति नेपाल समूह प्रष्ट हुन सकेको थिएन । तर पछिल्लो समयमा भने अधिकारी दह्रोसँग नेपाल समूहमा लागे भने अन्य जिल्ला सदस्य सँधै यो समूहको विपक्षमा रहिरह्यो । त्यसका बाबजुद नेपालसमूहका जितका आधारहरु कपन अनलाइनले खोज्ने प्रयास गरेको छ ।

१) अध्यक्षका प्रत्याशी कुसुम कार्की नै हुनु

अध्यक्षको प्रत्याशी तत्कालीन अध्यक्ष कुसुमकुमार कार्की नै हुनु यस समूहलाई विजयी बनाउने कारक रुपमा रहेको छ । उनी पहिलो पटक क्षेत्रीय अध्यक्षमा निर्वाचित हुँदा ओली प्यानलबाट भएपनि पछि नेपाल प्यानलमा लागे । उनी सबै कार्यकर्तासँग चाँडै सम्बन्ध बनाउने, कम रिसाउने र कार्यकर्ताको कुरा सुन्ने गर्दछन् । उनले पछिल्लो पटक अध्यक्ष र सचिवको विचार नमिले कमिटी चलाउन नसकिने कुराको प्रचार गरे र समूहलाई विजयी बनाउन सफल भए ।

२) स्थानीय तहमा सक्रिय युवाहरुको साथ पाउनु

यो गुटले स्थानीय तहमा सक्रिय युवाहरुको साथ पनि पायो । कपनमा दुई कार्यकाल अध्यक्ष भइसकेका सक्रिय व्यक्ति ध्रुवराज न्यौपाने त उनको सचिवका उम्मेदवार नै थिए भने बढी संगठित सदस्य रहेका चुनिखेल, कपन, महाँकाल, चाबहिल लगायतका शाखाहरुमा उनीपक्षीय कार्यकर्ताको नेतृत्व थियो । यो समूहको जितको कारण यो पनि हो ।

३) समयमै   चुनाव प्रचारमा लाग्नु

यो समूहको अध्यक्ष र सचिवको उम्मेदवारी केही महिना अगाडि नै तय भइसकेको थियो । यसमा पछिसम्म कुनै फेरबदल गरिएन । जसका कारण कपनमा मात्र धेरै समय सक्रिय न्यौपाने अन्य शाखासम्म पुग्न भ्याएभने कार्कीलेपनि समयको उचित प्रयोग गरे  ।

४) प्रविधिको प्रयोग अधिकतम गर्नु

यो समूहले निर्वाचनमा सूचना प्रविधिको प्रयोग समेत अधिकतम रुपमा गर्यो । उम्मेदवारी दिने समयमा एकाएक सम्पूर्ण प्रतिनिधिको मोबाइलमा कुसुम कार्कीको समूहका सचिव ध्रुवराज न्यौपानेलाई मतदान गर्ने सन्देश एकैचोटि आयो । जसले अध्यक्ष र सचिवको प्रचार एकैपटकमा भयो । यसको संयोजन गरेका थिएः न्यौपानेका बालसखा आशिष गुरागाईंले । पछि फेरि मतदान गर्ने समय सुरु हुनेबेला राती ९ बजे सबै प्रतिनिधिलाई फेरि मोबाइल सन्देश प्रेषित गरिएको थियो । दुइतीन महिना अगाडि देखि नै फेसबुक लगायतका सामाजिक सञ्जालका माध्यमबाट प्रचारप्रसार गरिएको थियो ।

किन हार्यो ओली समूह, क्षेत्र नं. ४ मा ?

लामो अवधि ओली समूहको वर्चश्वमा रहेको यो क्षेत्रमा नेपाल समूहको नेतृत्व आउँदा सबै चकित भएका छन् । कपन अनलाइनको जिज्ञासामा केही कार्यकर्ताले गरेको विश्लेषण यस्तो थियो ।

१) सक्रिय कार्यकर्तालाई गुटमा खुल्नुपर्ने दवाव दिनु ः

ओली पक्षका यस क्षेत्रका नेताहरु भूगोलमा सक्रिय भएर पार्टी काम गर्ने कार्यकर्तालाई प्रोत्साहन गर्नुको साटो अनावश्यक रुपमा गुटमा खुल्नुपर्ने दवाव दिने भएका कारण कार्यकर्ताहरु आक्रोशित थिए । अर्को पक्षलाई भित्तैमा पुर्याउने प्रवृत्तिले ठाकुर खकुरेल लगायतलाई पार्टी छोड्न बाध्यता बनाएका कारणपनि कार्यकर्ताहरु ओली पक्षसँग बिच्किएका थिए ।

२) पार्टीमा विधि र प्रक्रिया मिच्दै आफ्नालाई प्रोत्साहन गर्नु

स्थानीय नेतृत्वको सिफरिसलाई बेवास्ता गर्दै आफ्नो गुटमा लाग्ने व्यक्तिहरुलाई माथिल्ला कमिटीमा मनोनयन गर्ने प्रवृत्तिका कारणपनि अधिकाँश शाखाका नेतृत्वहरु ओली पक्षले योगदानको मूल्याँकन गर्नेमा विश्वस्त हुन सकेका थिएनन् ।

३) ओली पक्षका नेताहरु गुटमा मात्र रमाउनु

ओली पक्षका नेताहरु अधिवेशनहरुमा मात्र कार्यकर्ता सामु देखिने र अन्य समयमा गुटका नेताहरुको आसपास रमाउने र कार्यकर्तालाई बेवास्ता गर्ने प्रवृत्तिले पनि ओली पक्षको पराजयमा निर्णायक भूमिका खेल्यो । उदाहरणका रुपमा बुनपा १४ को प्रतिनिधि छनौटमा देखिएको विवाद र वडा नागरिक मञ्चका संयोजक र क्षेत्रीय सदस्य रहिसकेका शम्भु प्रसाद  भट्टराई प्रतिनिधि छनौटमै पराजित हुनुलाई लिन सकिन्छ ।

४) उम्मेदवारहरुको चयन समयमै गर्न नसक्नु

ओली पक्षले उम्मेदवारहरुको छनौटपनि समयमै गर्न सकेको थिएन । जसका कारण उम्मेदवारहरुले बेलै देखि प्रचार गर्न पाएनन् । अध्यक्षमा कहिले टीका पराजुली, कहिले लक्ष्मी संग्रौला त कहिले उद्धव खरेलका नाम सम्म प्रस्तावित भइरहेका थिए । सचिवमा त कपनका निरञ्जन नेपालको  आफ्नो उम्मेदवार निश्चित भएको भन्दै सार्वजनिक गरेका थिए भने आफ्नो सचिवमा उम्मेदवारी दाबीकै कारण  वडा बुनपा १४ मा प्रतिनिधि छनौटमा अनावश्यक रुपमा विवादमा परेका थिए । यस्तो अवस्था प्राय सबै पदमा सिर्जना भएको थियो ।

५ ) आफ्नालाई नचिन्नु

ओली पक्षले आफ्नो पक्षका समर्थकहरुलाइ नै पाखा लगाएको गुनासो पछिल्लो पटक  सर्वत्र चर्चा मा रहेको छ । आफुलाई  ओली पक्ष बताउने आशिष गुरागाईंले आफ्नो उमेद्वारी  त्यतिबेला दिए जतिबेला  वडा नम्बर १४ मा  मौखिक सचिवका दावेदार (निरञ्जन नेपाल) टोलीले  आफ्नो  प्यानलको  नाम लिस्ट बनाएर कार्यकर्ता माझमा सार्वजनिक गरेको थियो । एमाले क्षेत्र नम्बर ४ लाइनै  प्राविधिक रुपमा सक्षम  बनाएका गुरागाईं उक्त लिस्टमा नपर्नु  र उमेद्वारी  फिर्ता लिन  समेत ओली  पक्षबाट कुनै पहल   न हुनाले   गुरागाईले  तत्काल  हलमा उपस्थित्  कार्यकर्ता माझ  जाँदा, १२ भोटले खुलेर समर्थन  गरेका थिए ।   त्यसैको झोकमा होला गुरागाईंले ओली पक्षलाई खुलेर सपोट गरेनन् ।  त्यस्तै केशब काभ्रेली लगाएत को टोलीले पनि त्यस्तै नियति  भोगेका थिए । जसका कारण ओलिपक्ष  नैतिक तथा  प्राविधिक रुपले कम्जोर भएको थियो । आशिष गुरागाईंले त यति सम्म पनि गरे कि  ओली पक्षलाइ  जिताउन उनकै   नीजी   तवरबाट  ल्याइएको sms सेवा समेत नेपाल पक्षलाइ  बुझाए ।

हेर्नुस  वडा नम्बर १४ मा बाढीएको  ओली पक्षको  लिस्ट :

12910197_757252304376956_1481884311_n-001

ओली पक्षबाट पुराना कम्युनिष्ट नेता बिजयी :

12911010_757253837710136_153438634_n

२०४२ सालदेखि कम्युनिष्ट राजनीतिमा सक्रिय रहेका एमाले कपनका खम्बा भनेर चिनिने ध्रुव भट्टराई ओली प्यानलबाट क्षेत्रीय सदस्यमा विजयी भएका छन् । तत्कालिन महासचिव जननेता मदन भण्डारीसँगसमेत सानिध्यता रहेका भट्टराई २५ वर्षदेखि पार्टी संगठनमा विशेष योगदान दिँदै आएका थिए ।
तपाइँको प्रतिक्रिया ।