वडा नं. १४ मा राति १० बजे ओली पक्षीय नेपाल र माधव पक्षीय नेपालबीच के भयो ?

वडा नं. १४ मा राति १० बजे ओली पक्षीय नेपाल र माधव  पक्षीय नेपालबीच के भयो ?

Desktop15

कपन अनलाइन/चैत्र १३, २०७२
नेकपा एमाले क्षेत्र नं. ४ को अधिवेशन अन्तर्गत बुनपा वडा नं. १४ को प्रतिनिधि चयनक्रममा ओली पक्षबाट संभावित क्षेत्रीय सचिव उम्मेदवार निरन्जन नेपालमाथि आफ्नै वडामा हातपात भएको छ । ओली र नेपाल पक्षबीच को बढि प्रतिनिधि बन्ने भन्ने चुनावी प्रकृयामा भएको गर्मागर्मीमा संस्थापन पक्षका नेपालमाथि माधव नेपाल पक्षका १४ नं. वडा अध्यक्षले पुरुषोत्तम नेपालले धकेल्दै हलबाट निकालेका थिए ।

प्रतिनिधि चयनमा सर्वसम्मत गराउने अन्तिम प्रयास गर्दै आफ्नो उम्मेदवारसमेत फिर्ता लिएका पुरुषोत्तम नेपाल त्यसबेला आक्रोषित भए जब राति १० बजे निरन्जन नेपालले जिताउनु पर्ने भन्दै आलीपक्षीय प्यानलको लिस्ट बाँड्दै हिँडे । वडा नं. १४ अध्यक्ष रहेका पुरुषोत्तम नेपालले क्षेत्रीय सदस्यहरु पुन्यराज पुडासैनी, शम्भु भट्टराई, निरन्जन नेपाल, इश्वरी भट्टराईलगायतलाई प्रतिनिधि चयनमा सर्वसम्मत गराउन पहल नगरेको आरोप पनि लगाएका थिए ।निरन्जन नेपालले हलभित्र नै ककस्लाई जिताउने भनेर राति १० बजे प्रिन्टलिस्ट बाँडेपछि वातावरण अशान्त बनेको हो । निरन्जन नेपालले एक्कासी प्रिन्टलिस्ट बाँडेपछि आक्रोशित बनेका पुरुषोत्तम नेपालल्े उनलाई हलबाट धकाल्दै बाहिर निकालेका थिए ।

राति अबेर भएको निर्वाचन प्रकृयामा निरन्जन नेपालसहित पुन्यराज पुडासैनी, बुद्धिप्रसाद तिमिल्सिना, देवेन्द्र थापालगायतले बिजय हाशिल गरेका छन् । संस्थापन पक्षका क्षेत्रीय सदस्य शम्भु भट्टराइ पराजित भएका छन् । २ सदस्यीय महिला प्रतिनिधि र ७ जना प्रतिनिधि चयन हुँदा पुन्यराज पुडासैनी र उनकी श्रीमती शान्ता ढकाल दुवैले बिजय प्राप्त गरेका छन् । माधव नेपाल पक्षीय रामशरण सापकोटाले बढि मत ल्याएका थिए । वडा नं. १४ को नतिजा क्षेत्रीय सभापतिमा कस्ले जित्ला भन्ने भन्दा पनि सचिव पदमा ध्रुवराज न्यौपानेको पक्षमा मत जाने अनुमान गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।