सात वर्षकी प्रीशाले गाइन वालमनोवैज्ञानिक गीत

सात वर्षकी प्रीशाले गाइन वालमनोवैज्ञानिक गीत

अमेरिकाको भर्जिनियामा वस्दै आएकी प्रीशा श्रेष्ठले वाल मनोविज्ञानमा आधारित”जति माया लाग्छ मामुको त्यति माया लाग्छ मलाई वावाको पनि”वोलको गीत गाएकी छन्।जसमा प्रकाश सुवेदीको शव्द,वसन्त सापकोटाको संगीत र पुष्कर सुनुवारको संगीत संयोजन रहेको छ भने पुरै गीतमा वावुआमा मध्ये कुनै एक जनाको साथ छुट्दा वच्चामा पर्न जाने मनोवैज्ञानिक असरलाई गीतकार सुवेदीले झल्काउन खोजेका छन्।

prisha

हाल यो भिडियोमा गायिकाको एकल लिपसिन वाट मात्रै प्रस्तुत गरिएको भएता पनि केहि दिनमै निर्देशक रमेश वावा नेपालको निर्देशनमा कलात्मक भिडियो आउने जानकारी गीतकार सुवेदीले कपन अनलाइनलाई गराएका छन्।

 

गित:

जति माया लाग्छ मामुको त्यति माया लाग्छ मलाई वावाको पनि ।।।

मलाई राम्रो लाग्छ मामु वावाले सॅगै वसी वोलाएको नानु भनी।।।

अन्तरा -1 भन्थेउ पहिला मेरो प्राण फेर्ने शास तिमी वुढेसकालको साहाराको एउटै आश तिमी.

आज फेरि त्यहि आशलाई निराश पार्यौ किन अवोध हामी वालकको आॅशु झार्यौ किन।।

अन्तरा-2 जति हाम्रो मन दुख्छ तिम्रो दुख्दैन र?

हाम्रो शीर झुक्दा खेरी तिम्रो झुक्दैन र? यस्तो काॅढा रोपिगयौ खील वनि अल्झिराछ।

विसेक हुन्न कहिल्यै पनि भित्र भित्र वल्झिराछ

 

शव्द-प्रकाश सुवेदी

संगीत-वसन्त सापकोटा

स्वर-प्रीशा श्रेष्ठ

संगीत संयोजन-पुष्कर सुनुवार

स्टूडियो-अक्विस्टिक

तपाइँको प्रतिक्रिया ।