कपन साहित्य समाजले फाल्गुण २९ मा विशेष साहित्यिक सङ्गोष्ठी गर्ने

कपन साहित्य समाजले फाल्गुण २९ मा विशेष साहित्यिक सङ्गोष्ठी गर्ने

,mnm,n,nकपन अनलाइन/फाल्गुण ८, २०७२
लामो समयदेखि गतिबिधि सुन्य भएर बसेको कपनको पूरानो संस्था कपन साहित्य समाजले आउँदो फाल्गुण २९ गते विशेष साहित्यिक सङ्गोष्ठी गर्ने भएको छ । करिब डेढ महिना अघि बनेको नयाँ कार्य समितिले साहित्यिक गतिबिधिलाई प्राथमिकता दिने क्रममा फाल्गुण महिनाको अन्तिम शनिवार २९ गते कसास साहित्यिक सङ्गोष्ठी नामको त्रैमासिक कार्यक्रम आयोजना गर्न लागेको हो । यो कार्यक्रम हरेक ३ महिनामा अन्तिम शनिवार गरिने कुरा संस्थाका अध्यक्ष आरएम् डङ्गोलले कपन अनलाइनलाई बताए । साहित्य वाचन स्वरुपको सङ्गोष्ठीको पहिलो कार्यक्रममा कवितावाचन गरिने भएको छ । संस्थाको बुनपा १२ ह्याण्डबल मैदाननजिकै बनेको भवनमा आयोजना हुने कसास साहित्यिक सङ्गोष्ठी कार्यक्रममा राष्ट्रियस्तरका कविहरुसहित स्थानीय कविहरुको सहभागिता रहनेछ । चैत्र महिनाको अन्तिममा प्रकाशन हुने संस्थाको नियमित प्रकाशन कविता क्यालेण्डरको तयारीस्वरुप पनि यो काव्य सङ्गोष्ठी गरिन लागिएको डङ्गोलले बताए । प्रगतिशिल लेखक संघका सचिवसमेत रहेका डङ्गोलका अनुसार कपन साहित्य समाजले ०७३ साल पुष महिनाबाट संस्थाले कसास पूर्णप्रकाश नेपाल यात्री सम्मानअन्तर्गत रु. २५ हजार राशीको पुरस्कार प्रदान गर्नेछ । नेपाली साहित्यका विशिष्ट प्रतिभालाई प्रदान गरिने सो सम्मानको तयारीस्वरुप अक्षयकोष निर्माण कार्य भैरहेको पनि उनले बताए ।

तपाइँको प्रतिक्रिया ।