फुटबलबाट भ्रष्टाचारीलाई बिदाई गरेका शेर्पा नेकाभित्र सहज केन्द्रिय सदस्य बन्ने अभियानमा

फुटबलबाट भ्रष्टाचारीलाई बिदाई गरेका शेर्पा नेकाभित्र सहज केन्द्रिय सदस्य बन्ने अभियानमा

IMG_0816

कपन अनलाइन/फाल्गुण ४, २०७२

फाल्गुण ३ गते साँझ भारतको गुवाहाटीमा नेपाली राष्ट्रिय फुटबल टिमले भारतको फुटबल टिमलाई सनसनीपूर्ण तरिकाले पराजित गरी स्वर्ण पदक प्राप्त गरेपछि कर्माछिरिङ शेर्पालाई बधाई र शुभकामना दिनेहरुको लहर नै चल्यो । सामाजिक संजाल होस् वा मोबाइलको म्यासेज बक्समा होस् जताततै यसको पहिलो श्रेय कर्माजीलाई भनेर लेख्नेहरु धेरै भए । एन्फाका उपाध्यक्षसमेत रहेका कर्माछिरिङले लामो समयदेखि एन्फामा गणेश थापा तथा उनको भ्रष्टाचारी प्रवृत्तिको खुलेर बिरोध मात्र गरेन्् त्यसको लागि क्याम्पेनिङदेखि मुद्धा हाल्नेसम्म काम गरे । अन्ततः उनले गणेश थापालाई नेपाली फुटबलबाट पन्छ्याए । थापा फुटबलबाट पन्छिनुसँगै नेपाली फुटबल उकालो चढ्न थालेको छ । २३ वर्षपछि सार्क खेलकुदमा नेपाली फुटबल टिमले स्वर्ण पदक प्राप्त गर्यो त्यो पनि भारतीय भूमिमा भारतलाई नै हराएर । यो जीतको पहिलो श्रेय वा जस लिन तथा दिन पर्ने व्यक्ति हुन् कर्माछिरिङ शेर्पा ।

नेपाली राजनीतिमा पनि महत्वपूर्ण भूमिका लिन खोजिरहेको शेर्पा नेपाली कांग्रेसमा लामो समयदेखि नियमित सक्रिय व्यक्ति हुन् । ६ वर्षअघि भएको नेपाली कांग्रेसको महाधिवेशनमा पनि केन्द्रिय सदस्य पदमा उठेका कर्मा १३ औँ महाधिवेशनमा पनि केन्द्रिय सदस्य बन्ने तरखरमा रहेका छन् । १२ औँ अधिवेशनमा बिना तयारी पनि २७८ मत ल्याएका थिए उनले । यो ६ वर्षमा उनले नेपाली खेलकुद क्षेत्रमा पुर्याएको महत्वपूर्ण योगदान तथा सामाजिक जीवनको सक्रियताले ठूलो उचाई पुर्याएको छ । हिमालयन शेर्पा फुटबल क्लबका अध्यक्षसमेत रहेका कर्मा हात्तीगौँडामा रहेको टुङग्राम इन्टरनेसनल स्कूल तथा कलेजका मालिक पनि हुन् । शिक्षाको क्षेत्रमा उनको क्रियाशिलता र योगदानले उनलाई राजनीतिमा सही व्यक्ति तथा युवाहरुको भूमिकालाई प्रभावकारी बनाउन प्रेरणा प्रदान गरेको बताउँछन् । यो ६ वर्ष खेलकुद र सामाजिक जीवनसँगै राजनीतिमा उनी निकै सक्रिय रहे । सबैले उनलाई अत्यन्तै खट्ने व्यक्तिको रुपमा लिए । शेर्पा समुदायबाट प्रतिनिधित्व गरे पनि क्षेत्रबाट महाधिवेशन प्रतिनिधि बन्नका लागि उनी खुल्लातर्फबाट उठे र सबैभन्दा बढि मत ल्याएर जिते । राजनीति तथा अबको समाज जातभन्दा माथि उठेर खुल्ला समाज बन्नु पर्ने उनको तर्कसँग नेपाली कांग्रेसको खुल्ला राजनीतिको सिद्धान्त मेल खान्छ ।

IMG_0797
नेपाली कांग्रेसको राजनीति विचारले पूर्ण भए पनि कार्यान्वयन गर्न मानिसको अभाव भएकोले उनी आफ्नो उम्मेदवारी त्यही कमीको अभावलाई पूर्ति गर्न भएको बताउँछन् । उनी भन्छन्, नेपालको विकासको लागि समाजवाद लागु गर्न युवाहरुको भूमिका आवश्यक परेको हुँदा आफूजस्तो मानिसको आवश्यक्ता छ । नेपाली कांग्रेसको संगठनमा विधान कार्यान्वयनका लागि पनि युवाहरु पुग्न आवश्यक छ । युवाहरुको समग्र विकासको लागि सामाजिक, खेलकुद, आर्थिकलगायत अन्य विविध क्षेत्रमा व्यवस्थापन र कार्यान्वयन गर्न अब नयाँ नेतृत्व युवाहरुमा हुनपर्ने उनको तर्क रहेको छ । नयाँ र सिर्जशील सोच अनि विचारहरुलाई नेपाली कांग्रेसमा प्रतिनिधित्व गर्न आफ्नो उम्मेदवारी रहेको उनी थप्छन् ।

यतिखेर सबैले कर्मालाई केन्द्रिय सदस्य सहजै बन्न सक्ने उम्मेदवार भन्ने गरेका छन् । विशेष गरेर खेलकुद क्षेत्रमा उनको क्रियाशिलताले ल्याएको परिणामाले उनी केन्द्रिय सदस्य बन्ने कुरामा चारचाँद लाग्न गारो नभएको बताइने गरिन्छ । यो महाधिवेशनमा खेलुकद क्षेत्रका करिब २०० जना महाधिवेशन प्रतिनिधि हुने भएकोले पनि कर्माको प्रभाव दरिलो हुने देखिएको हो । त्यस्तै विद्यार्थी तथा तरुणका क्षेत्रमा पनि उनको प्रभुत्व दरो देखिएकोछ । १२ आँैँ महाधिवेशन पछिको ६ वर्षमा उनले धेरै जिल्ला घुमे । खेलकुदलगायत बिभिन्न क्रियाकलापले उनी नेपाली संचार क्षेत्रको हेडलाइन बनिरहे । विशेष गरेर कर्माको भ्रष्टाचार बिरोधी चरित्र नै उनलाई केन्द्रिय सदस्यको होडमा अब्बल बनाएको छ ।

तपाइँको प्रतिक्रिया ।