आर्दशनगर नगरको सरसफाई अभियान शुरु, जथाभावी फोहोर गर्नेलाई ५०० देखि ५ हजार सम्म जरिवाना गर्ने !

आर्दशनगर नगरको सरसफाई अभियान शुरु, जथाभावी फोहोर गर्नेलाई ५०० देखि ५ हजार सम्म जरिवाना गर्ने !

२ फागुन, काठमाडौं ।  कपन क्षेत्रकै पहिलो समाज सुधार समिति आर्दशनगर सुधार समितिले बृहत सरसफाई अभियान शुरु गरेको छ ।
हिजो फागुन १ गते सरस्वती पूजाको पवित्र दिन पारेर समितिले २ महिने सरसफाई अभियान शुरु गरेको हो । सरसफाई अभियान आर्दशनगर गेटबाट शुरु भई जोरधारा, नेपाल टेलिकमको कार्यालय, दुर्गा मन्दिर, घटराज सालिक, सुनगाभा टोल हुँदै आर्दशनगरको कार्यालयमा आएर सम्पन्न भएको थियो । उक्त सरसफाई कार्यक्रममा करिब १ टन फोहर संकलन भएको सरसफाई कार्यक्रमको सहयोगी सूर्य दर्शन सरसफाई प्रालिले कपन अनलाईनलाई बतायो ।

आदर्श नगर
आदर्श नगर अन्तर्गत जोरधाराको मुख्य सडक मा कुचो लगाउदै संयुक्त वडा सचिव अच्यूत खड्का

उक्त कार्यक्रम संयुक्त वडा सचिव अच्यूत खड्काले कुच्चो लगाएर शुरु गरेका थिए । कार्यक्रममा कपन प्रहरीका निरीक्षक फणिन्द्र रानाभाट लगायत कपन आसपासका करिब १ दर्जन संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको समितिका सदस्य एंव कार्यक्रम संयोजक आशिष गुरागाईले कपन अनलाइनलाई बताए ।

 

DSC_3672
यो कार्यक्रम जनचेतनाका लागि भएको र सम्पूर्ण टोलवासीको सहयोग बिना टोल सफा गर्न नसकिने बताउँदै गुरागाईले भने अब अटेर गरेर सडकमा फोहर फालेको भेटिएमा समितिले नगरपालिका सँगको सहकार्यमा रु.५०० देखि रु.५००० सम्म जरिवानामा गर्ने समेत बताए ।

तपाइँको प्रतिक्रिया ।