स्व कोइरालाको अन्त्येष्टि हुँदै
काठमाडौँ २७ माघ । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको राजकीय सम्मानका साथ हिन्दू परम्पराअनुसार अहिले पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आर्यघाट पुगी स्व कोइरालाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाई अन्तिम श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।
कोइरालालाई अन्तिम श्रद्धाञ्जलि दिन सभामुख, पूर्व प्रधानमन्त्रीहरु, उपप्रधानमन्त्रीहरु, मन्त्रीगण तथा विभिन्न राजनीतिक दलका नेता तथा विभिन्न देशका कूटनीतिक नियोगका प्रतिनिधि पशुपति आर्यघाट पुग्नुभएको छ ।
स्व कोइरालाप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गर्ने क्रममा नातेदार, पार्टीका नेता एवम् कार्यकर्ता तथा लाखौँको सङ्ख्यामा भावविह्वल मुद्रामा आर्यघाटमा जम्मा भएका छन् ।
यसअघि उहाँको शव यात्रा रङ्गशालाबाट सुरु भई थापाथली, सिंहदरवार, पुतलीसडक, कृष्ण पाउरोटी, ज्ञानेश्वर, गौशाला हुँदै पशुपति आर्यघाट पु¥याइएको थियो ।