वडा नं. १४ मा होमनाथ तिमिल्सिनाको आधिकारिक उम्मेदवारी घोषणा

वडा नं. १४ मा होमनाथ तिमिल्सिनाको आधिकारिक उम्मेदवारी घोषणा

IMG_0146कपन अनलाइन/२०७२ माघ ०३
नेपाली कांग्रेसको १३ औं महाधिवेशन नजिकिँदै गर्दा स्थानीय स्तरमा सरगर्मी निकै बढेको छ । स्थानीय स्तरमा इकाईका लागि तथा बुथ प्रतिनिधिका लागि प्रतिष्पर्धिमा आफ्नो नाम उल्लेख गर्न चाहनेहरुको भीड बढेको हो । काठमाडौं क्षेत्र नं. ४ मा पनि इकाई स्तरको अधिवेशनको सरगर्मि निकै गतिशिल देखिन्छ । १२ औँ महाधिवेशनभन्दा धेरै प्रतिनिधि १३ औँ महाधिवेशनमा हुने भएकोले क्षेत्रीय समिकरणमा कस्को हैसियत बन्ने भन्ने बारे चोकचोकमा बहश तथा हानाथाप भैरहेको देख्न पाइन्छ । काठमाडौं क्षेत्र नं. ४ अन्तर्गत बुढानीलकण्ठ नगरपालिकाको वडा नं. १४ र १२ यतिखेर निकै चर्चामा रहेको छ । धेरै जनसंख्या तथा धेरै प्रत्यासीहरु भएका कारण यी वडाहरु चर्चामा रहेका हुन् । यी वडाबाट प्रतिनिधित्व गर्नेहरु क्षेत्रमा कस्लाई भोट हाल्ने हुन् भन्ने बारेमा पनि क्षेत्रीय अधिवेशनका संभावित प्रत्यासीहरुलाई चासोको विषय बन्ने गरेको छ ।

यसैबीच बुढानिलकण्ठ नगरपालिका वडा नं. १४ को सभापतिमा होमनाथ तिमिल्सिना(नवराज) ले इकाई सभापतिमा आफ्नो दावी एवम् प्रत्यासी बन्ने सार्वजनिक घोषणा गरेका छन् । माघ २ गते साँझ बसेको उनी पक्षीय भेलाबाट आफू सभापतिको दावेदार भएको भेलापछि कपन अनलाइनलाई टेलिफोन गरी सार्वजनिक गरेका हुन् । होमनाथ तिमिल्सिनाले टेलिफोन गरेर आफ्नो विजयको आधार सुनिश्चित देखिएको तथा आफ्नो उम्मेदवारी भोलिको नेपाली कांग्रेसको संगठनका लागि महत्वपूर्ण रहेको बताए । तिमिल्सिनाले आफूलाई ४ वटा नेपाली कांग्रेशपक्षीय वर्गीय संगठनको प्रत्यक्ष सहयोग हुने दावी गरेका छन् । स्थानीयस्तरमा सामाजिक कार्यकर्ताको हैसियतमा समेत आफूलाई परिचित होमनाथ तिमिल्सिना सदाबहार खेलकुद समाजका अध्यक्ष हुन् भने अरु केही सामाजिक संस्थामा उनको प्रत्यक्ष सहभागिता रहेको छ । व्यापारिक पृष्ठभूमिका तिमिल्सिना यसअघि १२ औं अबिधेशनमा पनि बुथ प्रतिनिधि थिए । बुनपा वडा नं. १४ मा अब तिमिल्सिनाले हाल इकाई सभापति रहेका टंकप्रसाद सापकोटासँग प्रतिष्पर्धा गर्नेछन् । सापकोटाले यसअघि नै आफूलाई सभापतिमा दावी गरिसकेका छन् । यद्यपि होमनाथ तिमिल्सिना सभापतिमा उठ्ने हल्ला रहेको कुरा पनि सार्वजनिक भैसकेको थियो । यस वडाबाट बुथ प्रतिनिधिको रुपमा ४ जनाले दावी गरेका छन् भने महिला बुथ प्रतिनिधिमा एकजनाको मात्र दावी देखिन्छ । बुथ प्रतिनिधिमा केशव ढकाल, विश्वनाथ दाहाल, केशवराज पाठक र वृहस्पति चालिसेले आफ्नो नाम सार्वजनिक गरेका छन् भने महिला बुथ प्रतिनिधिमा मन्जु खतिवडाको नाम सार्वजनिक भएको छ ।

तपाइँको प्रतिक्रिया ।