सब–इन्जिनियर तीस हजार घुससहित पक्राउ

परासी, ३० पुस । नवलपरासीमा जिल्ला प्राविधिक कार्यालयका सब–इन्जिनियर मनोज यादव आज कार्यालयमै घुस लिएको आरोपमा पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पश्चिमाञ्चल क्षेत्रीय कार्यालयको सम्पर्क कार्यालय बुटवलको टोलीले यादवलाई कार्यालय कक्षबाटै रु ३० हजार लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो । कावासोतीको कल्भर्ट बनाउने एक योजनाको लागत तयार गरिदिने सर्तमा यादवले घुस लिएकोे अख्तियारको सम्पर्क कार्यालय बुटवलका प्रमुख एवम् प्रहरी उपरीक्षक उमेशराज जोशीले जानकारी दिनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।