पुल्चोक र केसीटीसी क्वाटरफाईनलमा

पुल्चोक र केसीटीसी क्वाटरफाईनलमा

काठमाण्डौ, पौष २९ गते ।
प्रथम प्रान लिची रास्ट्रिय टि २० क्रिकेट प्रतियोगिताको दोश्रो दिनको खेलमा काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टर र पुल्चोक इञ्जिनियरिङ्ग कलेजले विजय हात पार्दै क्वाटर(फाइनलमा प्रवेश गरेका छन् ।

Man of the Match Sumant Shah of IOE Pulchok Campus Awarded By Youth Federation Nepal's President Rajib Pahari
युवा संघ नेपाल द्वारा आयोजित प्रतियोगिताको टियु क्रिकेट मैदान किर्तिपुरमा सम्पन्न पहिलो खेलमा टस हारेर ब्याटिंग गरेको काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टरले दिएको १५८ रनको लक्ष्य पछ्याउन पेन्टागन कलेज १८ रनले चुकेको थियो । ट्रेनिंग सेन्टरका लागि रबिन क्षेत्रीले सर्बाधिक ३ तथा श्याम त्रिपाठीले २ विकेट हात पारेका थिए । ओपनर सोमेश यादबले २६ तथा धिरज अधिकारी र अविनाश अधिकारीले समान २४ रनको योगदान दिए पनि पेन्टागन कलेजलाइ पर्याप्त भएन । पहिलो इनिंगमा केसिटीसीले आदील खानको ३९ , जितेन्द्र ठकुरीको ३३, मनिष शहनीको २५ रनको योगदानको मदतले २० ओभरमा ७ विकेट क्षतिमा १५७ रन बनाएको थियो । पेन्टागनका बलर नबिन यादब र अविनाश अधिकारीले २÷२ विकेट हात पारेका थिए । खेलको म्यान अफ द म्याच काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टरका रबिन क्षेत्री घोषित भए ।
यसै गरि आजै सम्पन्न दोश्रो खेलमा पुल्चोक इञ्जिनियरिङ्ग कलेजले त्रिभुवन विश्वबिद्यालयलाइ ७ रनले पराजित गर्यो । म्यान अफ द म्याच सुमंत साहले ३६ तथा गौरभ खड्काले ३३ रन योगदान दिए पछि पुल्चोकले पहिलो इनिंगमा १३९ रन बनाएको थियो । त्रिभुवन विश्वबिद्यालयका लागि कृष्ण गजुरेल र अबिशेष थापाले ३÷३ विकेट हात पारे ।
दोश्रो इनिंगमा १४० रनको लक्ष्य पछ्याएको टियु टोलिले पुरै २० ओभरमा ६ विकेट नोक्सानीमा १३२ रन मात्र बनाउन सक्यो जसको लागि अनुप श्रेष्ठले ३८ तथा सन्तोष शाहले ३० रन योगदान दिए । पुल्चोक बलर सन्तोष भट्टराईले २ विकेट तथा सुमंत शाहले १ विकेट हात पारे ।
खेलको म्यान अफ द म्याचलाई युवा संघका केन्द्रिय अध्यक्ष राजिब पहारी तथा महासचिब किरण पौडेलले पुरस्कार वितरण गर्नु भएको थियो
प्रतियोगिता अन्तर्गत बिहिबार हुने खेलमा बिहान ९ बजे टियु मैदानमा त्रिभुवन आर्मी क्लब र नेपाल इञ्जिनियरिङ्ग कलेज तथा १ बजे माछापुछ्रे क्रिकेट क्लब, पोखरा र जी फोर्स क्रिकेट एकेडेमी, काठमाडौँ प्रतिस्पर्धा गर्नेछन् ।

तपाइँको प्रतिक्रिया ।