आयोजक प्रि–क्वाटरफाईनलमा ।

२० असार, कपन, काठमाडौं ।
गाँउ खेलकुद विकास समिति कपनद्धारा आयोजना गरिएको सेभेन ए साईड फुटबल प्रतियोगिताको पाचौं दिन बुधबार आयोजकले आकाशेधारालाई प्रतिस्पर्धात्मक खेलमा ३ का विरुद्ध २ गोलले पराजित गर्दै प्रि क्वाटरफाइनलमा प्रवेश गरेको छ । यसै गरी आज नै सम्पन्न अर्को एक खेलमा कपन शेर्पा समाजलाई कपन बेख बि ले २ का विरुद्ध १ गोलले पराजीत गरयो । यस्तै अर्कौ खेलमा मनकामना विकास समाजलाई मनाङ्ग मस्र्याङ्गदी क्लवका गोलकिपर विशाल श्रेष्ठ को टिमले ३ का विरुद्ध १ गोलले पाखा लगायो । आजै सम्पन्न अन्य खेलमा यूनिक ब्वाईजले टिम अफ काठमाडौलार्ई २ का विरुद्ध ०, बालकुमारीले जनयुवा प्रगतिशिललाई पेनाल्टी सुटको सडेन डेथमा ६ का विरुद्ध ५ गोलले किनारा लगाउदै प्रि–क्वाटरफाईनलमा प्रवेश गरेको छ । बिहिबार बाट प्रि क्वाटरफाईनलका खेलहरु सञ्चालन हुनेछन् । प्रतियोगितामा कपन गा.वि.स. भित्रका स्थानिय क्लब, सामाजीक संंस्था र अन्य संस्था गरी कुल ४४ टिमको सहभागीता रहेको छ । यो प्रतियोगिताका खेलहरु नकआउटको आधारमा खेलाइएको छ । स्थानिय स्तरदेखि नै फुटबल खेललाई विकास गर्ने तथा युवा खेलाडीहरुलाई उत्पादन गर्ने उद्देश्यका साथ यो प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगीता असार २३ गतेसम्म सञ्चालन हुनेछ ।

तपाइँको प्रतिक्रिया ।