कपनमा सेभेन ए साईड फुटबल प्रतियोगिता शुरु

१६ असार, कपन, काठमाडौं ।
गाँउ खेलकुद विकास समिति कपनद्धारा आयोजना गरिएको सेभेन ए साईड फुटबल प्रतियोगिता आज देखि आकाशेधारा, कपनमा शुरु भएको छ । स्थानिय स्तरदेखि नै फुटबल खेललाई विकास गर्ने तथा युवा खेलाडीहरुलाई उत्पादन गर्ने उद्देश्यका साथ यस कार्यक्रमको आयोजना गरिएको हो । यस कार्यक्रमको समुद्घाटन समारोहमा प्रमुख अतिथीको रुपमा राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव युवराज लामाको उपस्थिति रहेको थियो । सो अवसरमा नेपाली फुटबलका पूर्व कप्तान हरि खड्का, एवं वर्तमान कप्तान सागर थापा लाई गाँउ खेलकुद विकास समितिका अध्यक्ष ध्रुवराज न्यौपाने एवं मैदानमा उपस्थिीत हजारौं दर्शक तथा खेलाडीले भव्य स्वागत गरेका थिए । कार्यक्रमको समुद्घाटन गाउँ खेलकुद विकास समिति र कपन गाँउ विकास समितिको मैत्रिपुर्ण खेलबाट गरिएको थियो । यस प्रतियोगितामा कपन गा.वि.स. भित्रका स्थानिय क्लब, सामाजीक संंस्था र अन्य संस्था गरी कुल ४४ टिमको सहभागीता रहेको छ । प्रतियागिता अन्तर्गत आजै सम्पन्न खेलमा युवा एकिकरण क्लबद्धारा पायोनियर इन्टरनेशनल पब्लिक स्कुललाई टाईबेकरको सडेन डेथमा ५–४ ले तथा रुद्राक्ष क्लबलाई टिम काठमाडौं ले १ का विरुद्ध २ गोलले पराजित गरेको छ । यस प्रतियोगिता अन्तरगत आईतबार कुल ६ खेलहरु सञ्चालन हुनेछन् । यस प्रतियोगिता असार २३ गते सम्म सञ्चालन हुनेछ ।

तपाइँको प्रतिक्रिया ।