कपन अनलाइनका सल्लाहकार मात्रिका पौडेल सञ्चार मन्त्रीका प्रेस सल्लाहकार नियुक्त

कपन अनलाइनका सल्लाहकार मात्रिका पौडेल सञ्चार मन्त्रीका प्रेस सल्लाहकार नियुक्त

 

काठमाडौँ, १४ पुस /अशोकराज पाण्डे, कपनअनलाइन/ कपन अनलाइनका सल्लाहकार एंव बरिष्ठ पत्रकार मात्रिका पौडेल सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईको प्रेस सल्लाहकार नियुक्त हुनुभएको छ ।941031_884497648286017_9084394763684111392_n
गत बिहिबार ९ गतेको मन्त्री परिषदको निर्णय र हिजो सोमबारको नियुक्ति पत्रबाट उहाँलाई सल्लाहकारको जिम्मेवारी दिईएको हो । वि.सं २०३५ सालमा रामेछापको दुरागाउँमा जन्मेका बरिष्ठ पत्रकार पौडेल हाल अनलाइन खबरका उपसम्पादक हुनुहुन्छ । यसअघि पनि पूर्व सञ्चार मन्त्री माधव पौडेलका प्रेस सल्लाहकार रहिसक्नुभएका पौडेलको पत्रकारितामा लामो अनुभव रहेको छ ।
अनलाइन पत्रकारितामा राम्रो दख्खल राख्ने पौडेल सञ्चार मन्त्रीको सल्लाहकार नियुक्त भएपछि अव्यवस्थित रहेको अनलाइनहरु व्यवस्थित हुनेमा आस गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।