प्रेस युनियनको साधारणसभा गर्न विभिन्न समिति गठन

प्रेस युनियनको  साधारणसभा गर्न  विभिन्न समिति गठन

काठमाडौँ,  ८ पुस । नेपाल प्रेस युनियन काठमाडौँ शाखाले यही पुस १६ गते हुने साधारणसभाका लागि विभिन्न समिति गठन गरेको छ ।

शाखाको हिजो  बसेको बैठकले शाखाका अध्यक्ष नकुल अर्यालको संयोजकत्वमा मूल समिति गठन गरेको छ । जसमा साङ्गठनिक सुदृढीकरण उपसमितिमा सचिव महेश्वर गौतमको संयोजकत्वमा लक्ष्मी सापकोटा र सुदीप रेग्मी सदस्य रहेका छन्  ।

प्रचार उपसमितिमा शाखाका सदस्य अच्युत रेग्मीको संयोजकत्वमा अक्कल कुँवर र सुमन सापकोटा सदस्य रहनुभएको छ भने अर्थ सङ्कलन उपसमितिमा सहसचिव खगेन्द्र भण्डारीको संयोजकत्वमा भागवत भट्टराई र पुष्पा शर्मा सदस्य रहनुभएको छ ।

यस्तै स्वागत उपसमितिमा उपाध्यक्ष देवी सापकोटाको संयोजकत्वमा सबिना कार्की र अर्जुन अधिकारी सदस्य रहने गरी गठन गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।