अवैध रुपमा अमेरिका हिडेका १६ नेपाली ग्वाटेमालामा पक्राउ –

काठमाडौं । अमेरिका जाने भनेर दलालको साथमा गएका १६ जना नेपाली अफ्रिकी देश ग्वाटेमालामा पक्राउ परेका छन् । उनीहरुलार्इ दलालले अवैधरुपमा अमेरिका लैजाँदै गरेको थाहा भएको छ ।

 

अफ्रिकी देश ग्वाटेमालाको राजधानी नजिकै १६ नेपालीसँगै नेपालीहरुकै समूहमा रहेका १७ बंगलादेशी नागरिक पनि पक्राउ परेको बताइएको छ ।    राजधानी ग्वाटेमाला सिटी बाहिर जाने क्रममा उनीहरुलाई प्रहरीले आइतबार पक्राउ गरेको अन्तराष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

एसियाबाट उनीहरु अफ्रिका कसरी आइपुगे भन्नेबारे खुलेको छैन । यसअघि अगष्ट महिनामा पनि ग्वाटेमाला हुँदै अमेरिका जान खोज्ने ११ नेपालीहरु ग्वाटेमालामै पक्राउ परेका थिए ।

तपाइँको प्रतिक्रिया ।