भारतको वक्तव्य सकारात्मक
काठमाडाँै, ७ पुस । मधेसी दलहरुले संविधानका सम्बन्धमा उठाएका मुद्दालाई सम्बोधन गर्न नेपाल सरकारले गरेका निर्णयका सन्दर्भमा भारतले सोमबार जारी गरेको वक्तव्यलाई सरकारले सकारात्मकरुपमा लिएको छ ।
परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी भारतीय विदेश मन्त्रालयले हिजो सार्वजनिक गरेको नेपालसम्बन्धी वक्तव्यलाई सकारात्मक एवम् उत्साहप्रद भनेको छ ।
मित्रवत् छिमेकीबाट देखाइएको सकारात्मक सङ्केतले नेपाल–भारतबीचको सम्बन्ध सामान्यीकरणमा सहयोगी हुने विश्वास व्यक्त गर्दै सरकारले नेपाल–भारत सिमानामा आपूर्ति व्यवस्था पूर्ववत् अवस्थामा फर्कने अपेक्षा गरेको छ ।
तपाइँको प्रतिक्रिया ।