छात्रा क्षेत्रीय फुटबल प्रतियोगिताको उपाधि बङ्गलादेशलाई

छात्रा क्षेत्रीय फुटबल प्रतियोगिताको उपाधि बङ्गलादेशलाई

काठमाडौँ, ५ पुस । चौध वर्षमुनिका छात्रा क्षेत्रीय फुटबल प्रतियोगिताको उपाधि बङ्गलादेशले हात पारेको छ ।

ललितपुरको लगनखेलस्थित नेपाली सेनाको खेल मैदानमा आज भएको अन्तिम भिडन्तमा नेपाल बङ्गलादेशसँग ०–१ गोलअन्तरले पराजित भएको थियो ।

खेलको पहिलो हाफको १६औँ मिनेटमा बङ्गलादेशकी मारजी सोपनाले गरेको एक गोल नै निर्णायक साबित भयो । त्यसपछिको समयमा नेपाली खेलाडीले गोल फर्काउन निकै प्रयासरत रहे तापनि त्यो सफल हुन सकेन ।

उक्त प्रतियोगिताको अन्तिम खेल गत वैशाख १२ गते सञ्चालन हुने तय भए तापनि सोही दिन नेपालमा भूकम्प गएपछि खेल स्थगन हुन पुगेको थियो । त्यसअघि भएको खेलमा नेपाल भारतलाई पराजित गरेर अन्तिममा प्रवेश गरेको थियो भने बङ्गलादेशले इरानलाई हराएर नेपालसँगको अन्तिम भेट पक्का गरेको थियो ।

प्रतियोगितामा समूह ‘ए’ मा नेपाल सहित इरान, माल्दिभ्स र श्रीलङ्का तथा समूह ‘बी’ मा भारत, बङ्गलादेश र भुटान थिए । उक्त प्रतियोगिताका विजेता खेलाडीलाई प्रधानमन्त्री केपी शर्मा ओली, युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलललगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।

तपाइँको प्रतिक्रिया ।