आजदेखि फेरि लोडसेडिङ १० घण्टा

काठमाडौं ३ पुस ।  आजदेखि फेरि लोडसेडिङ फेरि बढेको छ । नेपाल विद्युत प्राधिकरणले आजदेखि दिनमा १० घण्टा हुनेगरि लोडसेडिङ बढाएको छ ।  नदीमा पानीको प्रवाह घटेकाले क लोडसेडिङ बढाउनुपरेको प्राधिकरणले जनाएको छ ।

 

सकभर बिहान बेलुका आपूर्ति हुनेगरि लोडसेडिङ बढाएको प्राधिकरणले जनाएको छ । हिप्ताको एकदिन भने खाना पकाउने समयमा नै लोडसेडिङ हुने तालिका छ ।

भारतको अघोषित नाकाबन्दीपछि खाना पकाउने समयमा विद्युत्को अत्यधिक माग बढेपछि विद्युत्को माग एक हजार ८०० मेगावाट पुगेको छ ।  माग अनुसार आपूर्ति नहुँदा ट्रान्सफर्मर, कन्डक्टर तथा फ्युज पड्कीने गरेको छ ।

 

 

तपाइँको प्रतिक्रिया ।