प्रेस चौतारी नेपालको चार प्रतिष्ठान गठन
कपन अनलाइन ,काठमाडौँ, ३ पुस । नेकपा एमाले सम्बध पत्रकारहरुको सङ्गठन प्रेस चौतारी नेपालले आज बागबजारमा ‘प्रतिष्ठान अञ्चल कमिटी’ भेला आयोजना गरि चार प्रतिष्ठान गठन गरेको छ ।
जसमध्ये रेडियो प्रतिष्ठान अध्यक्षमा हरिबल्लभ नेपाल, उपाध्यक्षमा लक्ष्मी बस्नेतरहेका छन भने टेलिभिजन प्रतिष्ठानमा अध्यक्ष तेज वाग्ले, उपाध्यक्ष मिलन जिसी र सचिवमा विमल नेपाल सर्वसम्मत प्रतिनिधि भएका छन् ।
त्यसैगरी दैनिक तथा एशोसिएट प्रतिष्ठानमा अध्यक्ष धनबहादुर खड्का, उपाध्यक्ष पुजा ढकाल र सचिवमा रञ्जित तामाङ सर्वसम्मत प्रतिनिधि भएका छन् ।
अनलाईन प्रतिष्ठान अध्यक्षमा मोहन बास्तोला, उपाध्यक्षमा रामनाथ खनाल, सचिवमा शरद शर्मा, सहसचिवमा सोभित थपलीया र कोषाध्यक्षमा विनु पोख्रेल सर्वसम्मत प्रतिनिधि भएका छन् ।अनलाइन प्रतिष्ठान ११ सदस्यीय बनेको छ ।
उहाँहरुलाई प्रेस चौतारी केन्द्रीय अध्यक्ष्य,उपाध्यक्ष , महासचिव तथा पत्रकार महासंघका पधाधिकारी हरुले अविर लगाएर स्वागत गर्नु भएको थियो ।