धुन मिल्ने स्मार्टफोन बजारमा

सुविन चालिसे  –  काठमाडौँ २  पौष  । स्मार्टफोनको  बजारमा एउटा यस्तो स्मार्टफोन आउँदैछ जसले स्मार्टफोनको टिकाउपनमा नयाँ मापदण्ड नै कायम गरिदिनेछ । डिग्नो क्याफ्रे नामक उक्त स्मार्टफोनलाई साबुन पानीले धुन सकिने दाबी गरिएको छ । उच्च मूल्य तथा गुणस्तरीय अर्थात् हाइ इण्ड प्रडक्टमा होस् वा सुपथ मूल्यका बजेट स्मार्टफोनमा किन नहोस बिश्व स्मार्टफोन बजारमा तीब्र प्रतिस्पर्धा छ ।

1-japanesetele

त्यो प्रतिस्पर्धामा खरो उत्रिनका लागि स्मार्टफोन कम्पनीले एकसेएक अत्याधुनिक तथा गुणस्तरीय प्रडक्टहरू बजारमा ल्याइरहेका छन् । प्रडक्टहरूको गुणस्तरीयताका साथै उपभोक्ता आकर्षित गर्नका लागि पनि गज्जबका विज्ञापनशैली तथा प्रचारहरूको सहारा समेत लिने गर्छन् । कतिपय कम्पनीले आफ्नो फोन कहिल्यै नटुट्ने दाबी गर्दछन् त कतिले विश्वकै शक्तिशाली फोन भएको दाबी पेश गर्दछन् ।

Washable_Phone-970-80
त्यस्तै कतिपयले पौडी खेल्दा समेत चलाउन मिल्ने अर्थात् पानी नपस्ने र भुइँमा बज्रिँदा पनि नबिग्रिने भनेर विभिन्न खाले स्मार्टफोन बजारमा ल्याउने गरेका छन् ।  जापानको टेलिकम कम्पनी केडीडीआइ तथा क्योसेरा नामको बहुराष्ट्रिय इलेक्ट्रोनिक्स सामान उत्पादक कम्पनीले मिलेर यो ग्याजेटको उत्पादन गरेका हुन् । यसलाई साबुनले धुन मिल्ने दुनियाको पहिलो स्मार्टफोन भएको दाबी गरिएको छ । ४३ डिग्री सेल्सियस सम्मको तातो पानीमा यो स्मार्टफोन धुन सकिने बताइएको छ ।tech_16
आउँदो ११ डिसेम्बरमा जापानमा यो ह्याण्डसेट सार्वजनिक गरिनेछ । लन्चिङ अघि नै कम्पनीले यो स्मार्टफोनको मूल्य घोषणा गरिसकेको छ । यसको मूल्य ५७ हजार ४२० जापानी येन तोकिएको छ । जापानभन्दा बाहिर अन्य देशमा यो स्मार्टफोन कहिले लञ्च गरिने ? भन्ने विषयमा भने केही जानकारी गराइएको छैन । यो स्मार्टफोन शक प्रुफ अर्थात् झट्का प्रतिरोधी भएको बताइएको छ । अर्थात् यसलाई चिसो हातले समात्दा पनि करेन्ट प्रवाहको डर हुनेछैन । यसमा ड्रयागनट्रेल एक्स काँचको बाहिरी पत्र हुनेछ । विभिन्न ३ रङमा यो स्मार्टफोन उपलब्ध हुनेछ । कम्पनीले यो स्मार्टफोनको बारेमा जानकारी दिँदै एउटा भिडियो समेत सार्वजनिक गरेको छ । जसमा स्मार्टफोनलाई साबुनपानीले धोएको देखाइएको छ ।

1-japanesetele
समाचार अनुसार यो स्मार्टफोनमा एन्ड्रोइडको ५.१ ललिपप अपरेटिंग सिस्टम हुनेछ । यसमा ५ इन्चको टिएफटी एलसिडी एचडी डिस्प्ले रहनेछ जसमा ७२० गुणा १२८० पिक्सेलको रिजोलुसन हुनेछ । यसमा २ जिबीको ¥याम हुने बताइएपछि प्रोसेसरको बारेमा भने जानकारी दिइएको छैन । १६ जिबी इन्टर्नल मेमोरीको यो स्मार्टफोनमा माइक्रो एसडी स्लट रहनेछ र मेमोरीलाई १२८ जिबीसम्म बढाउन सकिनेछ । यसमा १३ मेगापिक्सेलको मुख्य क्यामरा हुनेछ । ब्याट्री भने ३००० मिलिएम्पिएर आवर क्षमताको हुनेछ । कम्पनीको दाबीअनुसार यो स्मार्टफोनको ब्याट्रीले २० घण्टाको टकटाइम दिनेछ । यसले फोर जी नेटवर्क सपोर्ट गर्नेछ । ७१ मिलिमिटर चौडा, १४१ मिलिमिटर लामो यो स्मार्टफोन १०.१ मिलिमिटर मोटो हुनेछ । यसको तौल १५५ ग्राम हुने बताइएको छ ।

तपाइँको प्रतिक्रिया ।