मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

दमक, १ पुस । झापाको दमकमा सडक दुर्घटनाबाट गएराति एकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको दमक–१५ स्थित सडकखण्डमा भएको सडक दुर्घटनामा ताप्लेजुङ चाँगे घर भई हाल मोरङको उर्लाबारी बस्दै आएका २७ वर्षीय जोगेन्द्र लिम्बूको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

लिम्बूले चलाएको को.२२प ४७९ नम्बरको मोटरसाइकल र ना.५ख४१६० नम्बरको यात्रुवाहक बस एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनाबाट घाइते भएका लिम्बूको स्थानीय लाइफलाइन अस्पतालमा लैजना साथ मृत्यु भएको प्रहरी निरीक्षक चरित्रविक्रम कार्कीले बताउनुभयो । प्रहरीले दुर्घटनामा संलग्न बस तथा चालकलाई नियन्त्रणमा लिएको छ ।

तपाइँको प्रतिक्रिया ।