महिला फूटबलबारे प्रधानमन्त्रीसँग छलफल

महिला फूटबलबारे प्रधानमन्त्रीसँग छलफल

काठमाडौँ, १  पौष  । अखिल नेपाल फुटलब सङ्घ (एन्फा)को महिला समितिले हिजो  प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी नेपालमा महिला फुटलबको अवस्थाबारे छलफल गरेको छ ।

समितिका अध्यक्ष कल्पना पिया श्रेष्ठको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेट गरी महिला फुटबलमा देखिएका समस्याका बारेमा जानकारी गराएको थियो ।

जवाफमा प्रधानमन्त्री ओलीले महिला फुटबलमा देखिएको सबै प्रकारका समस्या समाधान र विकासका लागि सरकारको तर्फबाट आवश्यक सहयोग दिने आश्वासन दिँदै एन्फाका अन्य पदाधिकारीसँगसमेत थप छलफल गर्ने बताउनुभएको थियो ।

टोलीमा समितिका अध्यक्ष पिया, महासचिव विमला पौडेल, उपमहासचिव अन्जु भण्डारी, खेलाडी तथा प्रशिक्षकलगायत हुनुहुन्थ्यो ।

तपाइँको प्रतिक्रिया ।