बाह्रौं औद्योगिक प्रदर्शनी मेला पौषमा

बाह्रौं औद्योगिक प्रदर्शनी मेला पौषमा

 

फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपाल  ले प्रत्येक वर्ष गर्दे आएको जुत्ता चप्पल तथा वस्तुहरुको राष्ट्रिय औद्योगिक प्रदर्शनी यो वर्ष २०७२ पौष ९ गतेदेखि १५ गतेसम्म गर्ने भएको छ । यो प्रदर्शनी संघको बाह्रौं संस्करण हो  । प्रदर्शनीको यस वर्षको नारा “आत्म निर्भरताको आधार, स्वदेशी उत्पादनको प्रयोग” भन्ने रहेको छ ।

Print

गत वर्षदेखिे भृकुटीमण्डप स्थीत प्रदर्शनीहलमा आयोजना शुभारम्भ गरिएको प्रदर्शनी यस वर्ष पनि सोहि स्थानमा हुने छ । नेपालका सम्पूर्ण छाला जुत्ता तथा चप्पल कम्पनीहरुको एउटै छाना मुनी प्रदर्शन र विक्री हुने भएकोले यो प्रदर्शनीले उपभोक्ताहरुको विश्वास जित्न सफल हुने र अघिल्ला प्रदर्शनी भन्दा पृथक हुने विश्वास आयोजकले लिईएको छ ।

तपाइँको प्रतिक्रिया ।