सरकारद्वारा ताजिकिस्तानलाई सहानुभूति

काठमाडौँ, २३ मङ्सिर । ताजिकिस्तानमा गत सोमबार गएको भूकम्पबाट धनजनको क्षति भएकोमा नेपाल सरकारले गहिरो समवेदना तथा सहानुभूति प्रकट गरेको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ताको कार्यालयका अनुसार नेपाल सरकारले यस दुःखको घडीमा ताजिकिस्तान सरकार र त्यहाँका जनतामा सहानुभूति तथा ऐक्यबद्धता पनि प्रकट गरेको छ ।

तपाइँको प्रतिक्रिया ।