आगलागीबाट रु दश लाखको क्षति

भक्तपुर, २१ मङ्सिर । चाँगुनारायण नगरपालिका वडा नं १ पकुनेपाटी कालीटारका ललित कासिछवा र निजका भाइ परमेश्वरको घरटहरामा आगलागी हुँदा रु १० लाख २० हजार बराबरको क्षति भएको छ ।

प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक शेखर खनालका अनुसार आगलागीबाट फर्निचर, इलेक्ट्रोनिक्स, अन्नपातलगायत सामग्री जलेर नष्ट भएको छ । स्थानीय बासिन्दा, नेपाल प्रहरी र दमकलको सहायताबाट आगो नियन्त्रणमा लिइएको छ ।

तपाइँको प्रतिक्रिया ।