मोर्चाको प्रदर्शन जारी ,प्रहरी चौकी जलाइयो
सप्तरी, ७ मङ्सिर । सप्तरी जिल्लाको विभिन्न स्थानमा प्रहरीले चलाएको गोलीबाट तीनजनाको मृत्यु भएको आक्रोशमा मधेसी मोर्चाका प्रदर्शनकारीहरुले आज बिहान एक प्रहरी चौकीमा आगजनी गरेका छन् ।
जिल्लाको कोलाडी बसाइन– १ मा रहेको प्रहरी चौकीमा प्रदर्शनकारीहरुले आगजनी गरेको राष्ट्रिय समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र मण्डलले जानकारी दिनुभयो ।
शनिबार रातिदेखि तनाव रहेको सप्तरी आज बिहानबाट पुनः ठाउँठाउँमा प्रदर्शन सुरु भएको छ । सदरमुकाम राजविराजमा आज बिहानदेखि आन्दोलकारीहरुले टायर बालेर प्रदर्शन गरिरहेको मोर्चाले जनाएको छ ।
सप्तरी प्रशासनले सदरमुकाम राजविराज तथा पूर्वपश्चिम राजमार्गको कोसी ब्यारेजदेखि पश्चिमको बलान खोलासम्म अनिश्चितकालका लागि निषेधाज्ञा लगाएको छ । रासस
तपाइँको प्रतिक्रिया ।