व्यथाका साथीहरू : डा. रामेश्वर अधिकारी
कपन अनलाइन
काठमाण्डौ,असार २०।
विभिन्न छालहरू तरङ्गिन्छन्
मेरो छातीभरि–भरि,
अनि म निस्सासिन्छु,
बेदनाले छट्पटाउँछु,
अनि ह्वाक्क छादिदिन्छु ।
देख्छु,
धर्तीको क्यान्भासमा
मैले वान्ता गरेका
ती गन्हाउने किराहरू
सलवल–सलवल गरिरहेका छन् ।
लाग्छ,
मैले आफ्ना व्यथाहरू ओकलेर
साथीहरू जन्माएको छु ।
लाग्छ,
मेरा बेदना बुझिदिने,
मप्रति सहानुभूति दर्शाउने
सशक्त सामथ्र्य छ यिनमा,
मात्र यिनीहरूमा ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
