बाल विकास बोर्डिङ हाई स्कुलकी अञ्जना गिरी सम्मानित 

बाल विकास बोर्डिङ हाई स्कुलकी अञ्जना गिरी सम्मानित 

कपन अनलाइन

काठमाडौं ,साउन ९।

काठमाडौँ जिल्लाको उत्तरी भेगमा अवस्थित बाल विकास बोर्डिङ हाई स्कुलमा अध्ययनरत कक्षा १० की छात्रा अञ्जना गिरी ‘ संसाक बाल प्रतिभा पुरस्कार -२०८३’ बाट सम्मानित भएकी छन् ।

संस्कृति ,साहित्य र कलाको त्रिवेणी सुप्रसिद्ध संसाक मासिक पत्रिकाले तेहौँ वर्ष पूरा गरी चौधौँ वर्षमा प्रवेश गरेको सुखद अवसरमा सो पुरस्कार प्रदान गरेको हो । एक भव्य समारोह आयोजना गरी गरिएको सो सम्मानको कार्यक्रममा साहित्य, शिक्षा तथा बालसाहित्य क्षेत्रमा योगदान पुर्याउनुभएका वरिष्ठ साहित्यकार  ललिता दोषी र कालिका त्रिपाठी पन्त पनि सम्मानित भएका थिए ।

सम्मानित व्यक्तित्वहरूलाई कार्यक्रमका प्रमुख अतिथि गंगा कर्माचार्य पौडेल तथा विशिष्ट अतिथि डा. सत्यराज थपलिया, डा. शैलेन्दु प्रकाश नेपाल र डा. दामोदर पुडासैनी ‘किशोर’ले टीका, माला, नगद राशिसहित सम्मानपत्र प्रदान गरेका थिए।

भवानी मैया पन्तको सभापतित्वमा सम्पन्न कार्यक्रममा तारा केसीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन संसाक मासिकका सम्पादक उमेश पाण्डेले गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।