बुढानीलकण्ठ रन क्लबको दोस्रो साप्ताहिक रनिङ कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौं ,साउन ९।
बुढानीलकण्ठ रन क्लबको आयोजनामा दोस्रो साप्ताहिक रनिङ कार्यक्रम सम्पन्न भएको छ।
श्रावण ८ गते शुक्रबार चुनिखेल चौर, पुखुचा, गाम्चा, कौडोल, सापाटार, जगडोल, टुसाल हुँदै चुनिखेल चौरमा समापन भएको सो दौड ६ किलो मिटर दुरीको रहेको थियो।
स्थानीय पर्यटन प्रवर्धन र स्वास्थ्य शिक्षाको जनचेतना बढाउनका लागि आयोजना गरिदै आएको सो दौडमा स्थानीय युवा तथा खेलप्रेमीहरुको सहभागिता रहेको थियो।
प्रत्येक हप्ताको शुक्रबार विहान ६ बजे हुने र रनिङ गर्न ईच्छुक जुनसुकै उमेर समुहका व्यक्तिहरु सो दौडमा सहभागी हुन सकिने कार्यक्रमका संयोजक दिनेश श्रेष्ठले बताएका छन्।
तपाइँको प्रतिक्रिया ।
