“दोस्रो जिपी कोइराला अन्तर बिद्यालय टेबल टेनिस प्रतियोगीता-२०८३”  सम्पन्न

“दोस्रो जिपी कोइराला अन्तर बिद्यालय टेबल टेनिस प्रतियोगीता-२०८३”  सम्पन्न

कपन अनलाइन

काठमाण्डौ,असार१।

जिपी कोइराला स्पोर्ट्स एकेडमीद्वारा आयोजित “दोस्रो जिपी कोइराला अन्तर बिद्यालय टेबल टेनिस प्रतियोगीता-२०८३”  सहिद मैदान पूर्व टेबल टेनिस हल मा सम्पन्न भएको छ । प्रतियोगीतामा क्याडेट ब्वाइज, क्याडेट गर्ल्स, सब जुनियर ब्वाइज, सब जुनियर गर्ल्स, जुनियर ब्वाइज र जुनियर गर्ल्स गरि ६ ओटा इभेन्टमा १८ ओटा बिद्यालयका २२० खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । क्याडेट गर्ल्स सिङल्स (कक्षा ५ सम्म) तर्फ पिटर प्यान प्ले पेन स्कुलकी तक्ष्वी धनावत प्रथम, अरनिको स्कुलकी आरोही झा द्वितीय , अरनिको स्कुलकै रोलिशा चौहान र डिएभी स्कुलकी आरोही साह संयुक्त रुपमा तृतीय भए ।

क्याडेट ब्वाइज सिङल्सतर्फ (कक्षा ५ सम्म) तर्फ पिटर प्यान प्ले पेन स्कुलका नीर जंग थापा प्रथम, बुढानिलकण्ठका स्कुलका आभाष लामिछाने द्वितीय, बुढानिलकण्ठ स्कुलका आरुष पोखरेल र श्री श्री रविशंकर स्कुलका रुद्रान्स सुलभ सापकोटा संयुक्त रुपमा तृतीय भए ।

सब जुनियर गर्ल्स सिङल्स (कक्षा ६-७) तर्फ श्री श्री रविशंकर स्कुलकी  प्राप्ति सेढाइ प्रथम, बिकेभिएम स्कुलकी रोशिका घिमिरे द्वितीय , अरनिको स्कुलकि स्वर्णिमा कोइराला र सोही स्कुलकी साइना अधिकारी संयुक्त रुपमा तृतीय भए ।

सब जुनियर ब्वाइज सिङल्स (कक्षा ६-७) तर्फ डिपिएस बिराटनगरका आदर्श गुप्ता प्रथम, जनता नमुना माविका रक्ष बुढा द्वितीय,  लिलिपुट स्कुलका अध्ययन कोइराला र सगरमाथा स्कुलका आरोन श्रेष्ठ संयुक्त रुपमा तृतीय भए ।

जुनियर गर्ल्स सिङल्स (कक्षा ८-१० सम्म) तर्फ एभरेष्ट स्कुलकी कृपा पोखरेल प्रथम, श्री श्री रविशंकर स्कुलकी स्वस्तिका चौधरी
द्वितीय , बुढानिलकण्ठ स्कुलकी मानसी तामाङ र सोही स्कुलकै आकृती मगर संयुक्त रुपमा तृतीय भए ।

जुनियर ब्वाइज सिङल्स (कक्षा ८-१० सम्म) तर्फ लिलिपुट स्कुलका श्रीजल प्याकुरेल प्रथम, मार्टर्सउ मेमोरियल स्कुलका सक्षम बस्नेत द्वितीय , डिएभी स्कुलका विवान अग्रवाल र बुढानिलकण्ठ स्कुलका आयान श्रेष्ठ संयुक्त रुपमा तृतीय भए ।कार्यक्रम मा प्रमुख अतिथि ने का महामन्त्री गुरु राज घिमिरे ज्यु कोशी खेलकुद बिकास बिर्ड उपाध्यक्ष वसन्त राज अर्याल सस्थाका अध्यक्ष रन्जन थापा कोशी हक्की सघ अध्यक्ष जीवन तिमल्सिना   ने का मोरङ खेलकुद बुभाग प्रमुख प्रकाश दाहाल ज्यु लगाएत ले पुरस्कार शिल्ड मेडल ट्रफी प्रमाण पत्र बितरण गर्नु भएको थियो

दक्षिण एसियाली स्ट्रीट डिफेन्स प्रतियोगिता आज देखि काठमाडौंमा शुरु
काठमाडौं । नेपाल जित कुन डो मार्सल आर्ट एसोसिएसनको आयोजनामा आज जुन १४, २०२६ मा “साउथ एसियन इन्भिटेसन एसडीटी (Street Defense Tournament)” राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आयोजना भएको हो।

त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा जुन १४ र १५ मा संचालन हुनेछ। उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा दक्षिण एसियाका चार राष्ट्र नेपाल, भारत, बंगलादेश र अफगानिस्तान लगायतका पचास खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगितामार्फत स्ट्रीट डिफेन्स तथा आत्मरक्षा कलाको प्रवर्द्धन गर्नुका साथै दक्षिण एसियाली मुलुकबीच खेलकुद तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्य राखिएको छ।

समारोहका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव राम चरित्र मेहता, विशेष अतिथि टोखा नगरपालिका वडा नं. ४ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठ तथा नेपाल जित कुन डो मार्सल आर्ट एसोसिएसनका अध्यक्ष रामबहादुर ठकुरीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै एसोसिएसनका शिव बहादुर थापाले खेल र खेलाडीको महत्वबारे प्रकाश पार्नुभएको थियो। उहाँले खेलकुदले व्यक्तिको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमताको विकासमा खेलकुदको योगदान उल्लेख गर्नुभयो। साथै, खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउन यस्ता प्रतियोगिताहरू प्रभावकारी माध्यम बन्ने धारणा व्यक्त गर्नुभयो।

नेपाल जित कुन डो मार्सल आर्ट एसोसिएसनद्वारा आयोजित प्रतियोगितालाई टोखा नगरपालिकाले सहयोग गरेको छ। प्रतियोगितामा विभिन्न विधाका आत्मरक्षा सीप, प्राविधिक प्रदर्शन तथा प्रतिस्पर्धात्मक खेलहरू समावेश गरिने जनाइएको छ।

आयोजकका अनुसार प्रतियोगिताले युवा पुस्तामा आत्मरक्षा सम्बन्धी चेतना अभिवृद्धि गर्नुका साथै अन्तर्राष्ट्रिय स्तरमा नेपाली खेलाडीको क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नेछ। प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको र सहभागी राष्ट्रका टोलीहरूसँग समन्वय भइरहेको आयोजकले जनाएको छ।

दक्षिण एसियाली स्तरको यस प्रतियोगिताले नेपाललाई मार्सल आर्ट तथा आत्मरक्षा खेलकुदको महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्न समेत योगदान पुग्ने विश्वास गरिएको छ।

तपाइँको प्रतिक्रिया ।