पाँचौं नखिपोट बास्केटबलमा बुढानीलकण्ठ र ट्रेनिङ ग्राउन्डको विजयी सुरुआत
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ २६।
बुढानीलकण्ठ र ट्रेनिङ ग्राउन्डले पाँचौं नखिपोट खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको महिलामा आइतबार विजयी सुरुआत गरेका छन् ।
नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको कभर्डहलमा बूढानीलकण्ठले आईएस नेपाललाई ६५–१२ ले सहजै पराजित ग¥यो । बूढानीलकण्ठको जितमा प्रीति तुलाचनले १४ अंक योगदान गरिन् । चारै क्वाटरमा अग्रता बनाएको बूढानीलकण्ठले क्रमशः २१–५, ११–७, १२–२ र २१–४ को प्रदर्शन ग¥यो ।
रोशनी श्रेष्ठको १४ अंक सहयोगमा ट्रेनिङ ग्राउन्डले बलर्सलाई ७३–४१ ले हरायो । पहिलो क्वाटरमा १४–७ को अग्रता बनाएको ट्रेनिङ ग्राउन्डले अन्तिमसम्म अग्रतालाई जोगाइ राख्दै २०–१२, २१–१४ र १८–८ स्कोर ग¥यो ।
प्रतियोगिताको ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महतले एक कार्यक्रमबीच उद्घाटन गरे । पुरुषमा मोफसलको २ सहित १९ तथा महिलामा ६ टिमको सहभागिता रहेको छ । पुरुषको खेल नकआउट तथा महिलाको खेल लिग कम नकआउट पद्धतिमा हुनेछ । मोफसलबाट पहिलोपटक टिम सहभागी भएको हो । पुरुषमा नेपाल आर्मी तथा महिलामा माउन्टेन मुभर्स साविक विजेता हुन् ।
पुरुषमा विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् । महिलामा पहिलो हुनेले ५० हजार र दोश्रोले २५ हजार नगद पुरस्कार हात पार्ने छन् । पुरुषतर्फ ‘मोस्ट भेलुएबल प्लेयर’ ले २० हजार र महिलाले १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उदीयमान पुरुष÷महिला खेलाडीलाई जनही १० हजार नगदबाट पुरस्कृत गरिने छ ।
ललितपुर महानगरपालिका वडा १४ को मुख्य प्रायोजन तथा नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा भइरहेको प्रतियोगिताको फाइनल जेठ ३० गते हुनेछ ।
