नेसा (NESA) कप फुटसलको उपाधि बौद्ध चिल्ड्रेन हेवन बोर्डिङ स्कुललाई …
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ २४।
नेसा (NESA) अन्तर्गतका सदस्यविद्यालयहरु बिच भएको अन्तर –विद्यालय फुटसल प्रतियोगितामा का.म.पा. ६ रामहिटी , बौद्धमा अवस्थित बौद्ध चिल्ड्रेन हेवन बोर्डिङ स्कुलले विजय प्राप्त गरेको छ।
छात्रा तर्फको फाइनल प्रतियोगितामा बोधि सदन स्कुलसँग भएको कडा प्रतिस्पर्धामा २–० को अन्तरले प्रथम स्थान हासिल गर्न सफलभई ऐतिहासिकउपाधि हासिल गरेको हो ।उक्त प्रतियोगितामा छात्रा तर्फको उत्कृष्ट खेलाडीको उपाधी सोहि विद्यालयकी यान्जुमा शेर्पाले हासिल गरेकी छिन् ।
विद्यालयले गुणस्तरीय शिक्षालाई मात्र जोड नदिइ विद्यार्थीहरुको चौतर्फी विकासका लागि आवश्यक अन्यअतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीहरुलाई विभिन्न कार्यक्रममा सहभागी गराउँदै आइरहेकोले यो सफलता हात परेको कुरा विद्यालयका प्रिन्सिपल ललित शर्माले बताएका छन ।
तपाइँको प्रतिक्रिया ।
